Advertisement

कांग्रेस सभापतिमा पौडल नै किन ?

0 331

Advertisement

२२ मंसिर, काठमाडाैं । कांग्रेसको १४ औं महधिवेशनबाट नेतृत्व हात पार्नका लागि अहिले नेताहरुका बीचमा रस्साकस्सी चलिरहेको छ । सभापति पदका लागि वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइराला दौडमा छन् । यीमध्ये देउवा समूहबाट देउवा र उपसभापति निधि दाबेदार हुन् । बाँकी बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका आकांक्षी हुन् ।

सभापतिका दाबेदारमध्ये बैचारिक क्षमता पौडेलसंग अधिक छ । कांग्रेसलाई बैचारिक रुपमा शक्तिशाली बनाउनका लागि कांग्रेसको सभापतिमा पौडेल नै उपयुक्त पात्र हुन् । बैचारिक रुपमा आम नागरिकका माझ कांग्रेसको नीति सिद्धान्त पु¥याउने क्षमता पौडेलले देखाएका छन् । उनको जति यो क्षमता अरु कुनै आकांक्षीमा देखिदैन । विपक्षी दलहरुसंगको बहसमा पनि पौडेल नै खरो उत्रने नेतामा पर्छन् । कम्युनिष्टहरुलाई त पौडेल बैचारिक रुपमा नै पछाडि पार्नुपर्छ भन्ने मान्यता राख्छन् ।

बैचारिक क्षामता मात्र होइन, तुलनात्मक रुपमा आचरणशील र नैतिकवान नेतृत्वका लागि पनि पौडेलले नै उपयुक्त छवि बनाएका छन् । उनी समकालीन नेताहरुमध्ये नेतृत्वमा नपुगेर पनि शेरबहादुर जतिकै शासन सत्ता उपयोग गर्ने मध्येमा पर्दछन् । तर उनको आचरणमा अहिलेसम्म प्रश्न उठेको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल

बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी विचारलाई समयसन्दर्भ अनुसार आफ्नो बर्कतले भ्याएसम्म व्याख्या गर्न सक्ने समकालीन नेताहरुमध्ये पौडेल पनि एक हुन् । तुलनात्मक रुपमा सभापतिका बाँकी आकांक्षी उनका अगाडि यो हिसाबले फिका देखिन्छन् ।

क्रियाशीलता आधारमा पनि पौडेल अहिलेका सवै आकांक्षी भन्दा कम छैनन् । उमेरको हिसाबले पाको भएपनि पौडेल अझै पनि देशका कुनाकन्दराका जनतासंग संवाद गर्न पुग्ने नेतामध्ये पर्दछन् ।

पौडेल जनतस्तरबाट उठेका सरल नेता हुन् । २०१७ सालमा प्रजातन्त्र कु को विरोधसंगै राजनीतिमा प्रवेश गरेका पौडेल निम्नमध्यम वर्गिय परिवारबाट आएका नेता हुन् । यही कारण उनको स्वभाव सरल छ । नागरिक र कार्यकर्ताका लागि उनीसम्मको पहुँच सहज छ ।
कांग्रेस सभापति पदका आकांक्षीमध्ये वरिष्ठताका हिसाबले पौडेल सवैभन्दा बरिष्ठ नेता हुन् । कुनै समय पौडेल, शैलजा आचार्य, सुशील कोइराला र देउवालाई समकालीन नेता मानिन्थ्यो ।

यी मध्ये सुशील र शैलजा दिवंगत भइसके । यी दुईमध्ये सुशील कांग्रेसको सभापति र मुलुकको प्रधानमन्त्री भएर दिवंगत भए । तर निष्ठा, आर्दश र क्षमता भएर पनि आचार्यलाई नेतृत्वमा पुग्न दिइएन् । यो विषय इमान्दार कांग्रेस नेता, कार्याकर्ताले पछुतो मान्ने गरेका छन् । पौडेल बरिष्ठमा अग्रस्थानमा रहेपनि अहिलेसम्म नेतृत्वमा पुग्ने मौका पाएका छैनन् । कांग्रेसमा मात्र होइन अन्य पार्टीका उनका समकालीन नेताहरुलाई यो अवसर पटक पटक प्राप्त भइसक्यो । यस हिसाबले पनि नेतृत्वमा पौडेलको परीक्षण कांग्रेसका लागि अहिलेको आवश्यकता हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.