Advertisement

चार महिनामा रु ३४ लाखको टिकट बिक्री

0 439

Advertisement

२१ मंसिर, तनहुँ । जिल्ला हुलाक कार्यालयले चार महिनाका अवधिमा झण्डै चौतिस लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि गत कात्तिक मसान्तसम्मका अवधिमा रु ३३ लाख ८३ हजार ८२० को टिकट बिक्री गरेको छ ।

कूल टिकट ६ लाख ६० हजार ८५० टिकट बिक्री गर्दा उक्त राजस्व सङ्कलन भएको कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराइले जानकारी दिनुभयो ।
साउन महिनामा रु सात लाख ३९ हजार ७७५ भदौमा रु पाँच लाख ७६ हजार ४९५,असोजमा रु एघार लाख २४ हजार १७५ र कात्तिकमा रु नौ लाख ५३ हजार ३७५ राजस्व सङ्कलन भएको हो ।

कार्यालयले अभिलेख राखेर सङ्घ संस्था र व्यक्तिलाई कार्यालयबाट नै टिकट बिक्री गर्न थालेको उहाँले बताउनुभयो । हुलाक टिकट राजस्व सङ्केत भएकोले निर्धारण गरिएको मूल्य भन्दा घटिबढीमा बिक्री गर्न मिल्दैन् । उहाँले भन्नुभयो, “हुलाक टिकटमा तोकिएको मूल्य भन्दा बढी मूल्यमा बिक्री गर्न थालिएको पाइएकोले कार्यालयबाट व्यवस्थित तरिकाले टिकट बिक्री गर्न थालेको हो ।”

विभिन्न सङ्घ संस्था, बीमा कम्पनी, लेखापढी कानुन व्यवसायी, बैकलगायतका कार्यालयले कार्यालयमै आएर टिकट लैजाने गरेको उहाँले बताउनुभयो । केवल, टिभी, पत्रपत्रिका, एफएमलगायतका संञ्चारमाध्यमको दर्ता तथा नवीकरणको कार्य गर्दै आएको सो कार्यालयले पछिल्लो समय डाँक सेवालाई व्यवस्थित गर्न लागेको निमित्त हुलाक अधिकृत कुमारसिंह लामाले जानकारी दिनुभयो ।

सूचना र प्रविधि, स्रोतसाधान र जनचाहनाअनुरुप सेवा दिन स्रोतसाधान कमी भएका कारण ढिलाइ हुन गएकोले सेवामा छिटोछरितो ल्याउन पहल गरिएको उहाँले बताउनुभयो ।

सत्र जिल्लाको लागि प्रदेश हुलाक कार्यालयले व्यवसायीसँग डाँकको लागि सम्झौता गरे पनि सम्झौता अनुरुपको कार्य नहुँदा सेवा प्रदानमा कठिनाइ भएको सो कार्यालयले जनाएको छ । पछिल्लो समय हप्तादेखि पन्ध्र दिनको अवधिमा आफ्नै डाँक सेवाबाट हुलाक कार्यालयमा पुगेर डाँक उठाउन थालिएको निमित्त हुलाक अधिकृत लामाले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.