Advertisement

कोभिड उपचारमा प्लाज्मा थेरापी प्रयोग नगर्न डब्ल्यूएचओको सुझाव

0 415

Advertisement

२१ मंसिर, काठमाडाैँ । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ बाट संक्रमित मानिसको उपचारका क्रममा निको भएका संक्रमितको ‘ब्लड प्लाज्मा’ प्रयोग नगर्न भनेको छ । संक्रमितको अवस्थामा सुधार नदेखिएको र भेन्टिलेटरको आवश्यकता पनि नघट्नेका कारण विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ मुक्त व्यक्तिको ब्लड प्लाज्मा प्रयोग नगर्न सुझाव दिएको टीआरटी वर्ल्डले जनाएको हो ।

विद्यमान तथ्यले संक्रमणमुक्त व्यक्तिको ब्लड प्लाज्माबाट बिरामीको अवस्थामा सुधार नहुने र भेन्टिलेटरमा राख्नु पर्ने देखाएको डब्ल्यूएचओको भनाइ छ । त्यस्तै, डब्ल्यूएचओले सोमबार एक विज्ञप्ति जारी गर्दै ब्लड प्लाज्मा उपचार विधिमा धेरै समय लाग्ने समेत बताएको छ ।

डब्ल्यूएचओका अनुसार अन्तर्राष्ट्रिय विज्ञको एक प्यानलले सामान्य तथा गम्भीर दुवै खाले कोभिड संक्रमितको उपचारमा ब्लड प्लाज्मा प्रयोग नगर्ने सुझाव दिएका छन् । सामान्य, गम्भीर र अति गम्भीर झण्डै १६ हजार २३६ कोभिड संक्रमितमा १६ पटक गरिएको परीक्षणपछि विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

विज्ञहरूको सुझाव ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित गरिएको छ ।

प्लाज्मामा हुने एन्टिबडीले नयाँ कोरोना भाइरससँग लड्न सक्ने, भाइरसको उत्परिवर्तन र कोषमा हुने क्षति रोक्ने अनुमानका आधारमा कोभिड-१९ का संक्रमितको उपचारमा यसको प्रयोग हुँदै आएको छ ।

तर कैयौं अध्ययनले कोभिड-१९ बाट गम्भीर संक्रमित बिरामीको उपचारमा ब्लड प्लाज्मा प्रभावकारी नभएको देखाउँछन् । सामान्यदेखि नरम खाले कोभिड बिरामीको अवस्थामा सुधार नगरेको पाइएपछि मार्चमा अमेरिकामा हुन लागेको एक परीक्षण रोकिएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.