Advertisement

मोटरसाइकलको ठक्करबाट मृत्यु

0 677

Advertisement

१९ मंसिर, लमजुङ । डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । गए राति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना३५प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भकुण्डेमा घर बनाउने मिस्त्री काम गर्दै आएको र पैदल हिँड्ने क्रममा सो मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा गम्भीर घाइते उनको बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक बेँसीसहर नपा–१ उदीपुरका २१ वर्षीय सुजन खवासलाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.