Advertisement

बाघ गणना आजदेखि

0 401

Advertisement

१९ मंसिर, काठमाण्डाै । आजदेखि बाघ गणना सुरु हुँदैछ । बाघ गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु हुँदैछ ।

नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । बाघ गणनामा सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना सुरु हुनेछ । बाघको बासस्थल रहेको सबैजसो क्षेत्रमा जङ्गली हात्ती आउजाउ गर्छन् । कतिपय अवस्थामा गैँडाले समेत आक्रमण गर्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ ।

गणनाका क्रममा बाघ ओहोरदोहोर गर्ने क्षेत्र र बाटो पत्ता लगाएर स्वचालित क्यामरा राखिन्छ । क्यामरा पार गरेर बाघ गए आफैँ फोटो खिचिन्छ । क्यामरामा कैद भएका बाघको तस्बिर हेरेर त्यो क्षेत्रमा कति बाघ छन् भनेर थाहा हुने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।

गणनामा प्रयोग हुने क्यामरा विशेष खालको हुने र अनुसन्धानात्मक कामबाहेक अन्यत्र प्रयोग गर्न नमिल्ने उहाँले बताउनुभयो । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २ सय ५० को हाराहारी पुर्याउने घोषणा गरेको थियो । नेपालमा अहिले २ सय ३५ वटा बाघ छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.