Advertisement

महिला भएर फेसबुक चलाउदाको पिडा

0 424

Advertisement

१९ मंसिर, काठमाडौ । महिला भएर फेसबुक चलाउदाको पिडा
–*–
Friend request accept गर्ने बित्तिकै म्यासेन्जरमा म्यासेज पठाउन हतार गरिहाल्छन ।
कसैले Hi लेखेर पठाउछन
कसैले Hello लेखेर पठाउछन
कसैले फेसबुकमा साथी मात्र बनाउछन केहि म्यासेज गर्दैनन्
भने कसै-कसैले त बिहे नै गरौं भन्न सम्म भ्याउछन ।

कसैले सँगै बसेर चिया पिउने प्रस्ताव राख्छन् त कसैले कफी..
कसैले खाजा साथमा खाने प्रस्ताव राख्छन्, कसैले बेलुकाको खाना ..

कसैले लगातार म्यासेन्जरमा कल गरि रहन्छन्..
कसैले लभ रियाक्ट इमोजी पठाउछन .. त कसैले फ्लाइङ किस वाला इमोजी..,

कुनै १५ बर्षका छन् , केहि ५० बर्षका छन् .. त केहि ७५ बर्ष’सम्मका छन् ..,

सबैले जान्न चाहन्छन तिमी के गर्छौं..?
बिबाहित जस्तो लागे. कहाँ छन् तिम्रो श्रीमान..? नेपालमा कि बिदेशमा..?
अविवाहित जस्तो लागे..?
तिमी कहाँ बस्छौं..?
तिमी के काम गर्छौं..?

अनुहारमा सबैजना मोहित हुन्छन्..
सबैलाई क्युटनेश मनपर्छ..
सबैजना आँखामा डुब्न चाहन्छन..
सबैले तारिफको पुल बाँधी रहेका हुन्छन् ।
हर कोही आफुलाई उत्कृष्ट प्रेमी साबित गर्नमा लागि पर्छन् ।

म्यासेन्जरमा म्यासेज पठाउने हरुको उमेर, जात , धर्म , नाम सबै फरक-फरक हुन्छन् । तर सबै पुरुष हरुको नियति एउटै हुन्छ..।
त्यति सजिलो कहाँ छ र महिला भएर फेसबुक चलाउनलाई.।

हामी छोरी मान्छेलाई त्यति सजिलो कहाँ हुन्छ र घर परिवारको अगाडि म्यासेन्जरको इनबक्स खोल्नलाई.., एउटा हाँसी खुशी घर परिवारमा मोबाइल नै कलहको कारण बनेको छ ,
आफ्नो लाई बेवास्ता गरेर अरुमा खुशी खोज्ने चक्करमा महिला तथा पुरुषको घर व्यबहार बिग्रदै गएको छ ।।


#फेसबुक



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.