Advertisement

मतदाता नामावली सङ्कलनको तयारी तीव्र

0 417

Advertisement

१६ मंसिर, कर्णाली । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले आगामी सङ्घीय, प्रदेश तथा पालिका तहको निर्वाचनको तयारीका लागि फोटोसहितको मतदाता नामावली सङ्कलनको सबै तयारी पुरा गरेको छ । कार्यालयले सुर्खेतका नौ स्थानीय तहमा दुई चरणमा गरी शुक्रबारदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न लागेको हो ।

कार्यालयका अनुसार पहिलो चरणमा यही मङ्सिर १७ गतेदेखि अगामी पुस २ गतेसम्म लेकवेशी नगरपालिका, सिम्ता, चिंगाड र चौकुने गाउँपालिकामा फोटोसहितको नामावली सङ्कलन, त्रुटी सच्याउने, नामावली सार्ने लगायतका काम शुरु हुनेछ ।

दोस्रो चरणमा पुस ४ गतेदेखि १८ गतेसम्म गुर्भाकोट, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकामा अभियान सञ्चालन गरिनेछ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले वीरेन्द्रनगर नगरपालिकामा जिल्ला प्रशासन कार्यालय र पञ्चपुरी नगरपालिकामा इलाका प्रशासन कार्यालय बाबियाचौरबाट फोटोसहितको मतदाता नामावली संकलनको भइरहेको जानकारी दिनुभयो ।

नामावली सङ्कलनमा कोही नछुटुन भन्ने उद्देश्यले प्रचारप्रसार तीव्र पारिएको छ । “फोटोसहितको मतदाता नामावली संकलनसम्बन्धी कार्यक्रमका बारेमा जिल्ला र स्थानीय तहका सरोकारवालाहरुलाई जानकारी गराइसकेका छौं,” उहाँले भन्नुभयो, “यसलाई सफल पार्न जिल्लास्तरमा कार्यक्रम व्यवस्थापन तथा अनुगमन र पालिकास्तरमा सहयोग, समन्वय तथा प्रचारप्रसार समिति गठन गरी अभियानलाई तीव्रता दिइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.