Advertisement

रुसमा कोइला खानी दुर्घटनामा परी ५२ मजदुर र छ जना उद्धारकर्मीको मृत्यु

0 626

Advertisement

१० मंसिर, एजेन्सी । रुसमा कोइला खानी दुर्घटनामा परी कम्तीमा पनि ५२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार रुसको केमरोभो प्रान्तमा बिहीबार सो दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ६ जना उद्धारकर्मी पनि परेका छन् । मृत्यु भएका ५२ जनामध्ये ६ जना उद्धारकर्मी पनि परेका हुन् ।

यहाँका अधिकारीहरुले गएको पाँच वर्षमा यो सबैभन्दा ठूलो खानी दुर्घटना भएको mजनाएका छन् । रुसी समाचार समिति तासले जनाएअनुसार सो दुर्घटनामा परेका मजदुरहरु कोही पनि जिवीत नरहेको बताएको छ ।सो समाचार समितिले उक्त दुर्घटना परेको थाहा भएपछि उद्धारको काम थालिएको तर पनि त्यहाँ च्यापिएर रहेकामध्ये कोही पनि जिवीत नपाइएको सो समाचारमा जनाइएको छ ।

कोइला खानीमा विस्फोट भएको थियो । त्यसपछि कोइलाको कालो धुलोले खानीभित्र अध्यारो भएर उद्धारको काम गर्न निकै कठिन भएको थियो ।रुसको सो समाचार समितिले दुर्घटनाका क्रममा सो खानीमा कम्तीमा पनि २८५ जना मजदुर र कर्मचारी रहेका थिए । त्यसपछि कतिपयलाई उद्धार गरेर बाहिर निकालिएको थियो ।

यस दुर्घटनामा घाइते भएका मजदुरको उपचार जारी रहेको बताइएको छ । उनीहरुलाई खानीभित्रको कोइलाको कालो धुवाँले असर गरेको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.