Advertisement

मलेसियाविरूद्ध जितका लागि नेपाललाई ९३ रनको लक्ष्य

0 590

Advertisement

१० मंसिर, काठमाडौं । आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले मलेसियाविरुद्ध जितका लागि ९३ रनको लक्ष्य पाएको छ ।

दुबईस्थित आइसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर बलिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसमा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो।

मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाइन् ।नेपालका लागि सबनम राईले २ तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिए ।

नेपाल लगातार तेस्रो जित हात पार्ने योजनामा छ । पहिलो खेलमै हङकङसँग पराजित भएको नेपालले त्यसयता भुटान र कुवेतलाई सहजै हराएर शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायमै राखेको छ । त्यसका लागि नेपालले आज मलेसियालाई हराउनै पर्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.