Advertisement

माग बढी, आपूर्ति न्यून

0 526

Advertisement

१० मंसिर, काठमाडाैँ । रासायनिक मल (डीएपी)को चरम अभाव भएको छ । अहिले गहुँ, तरकारी, दालबाली, तेलहनबाली, उखुबाली लगाउने बेला भएको छ तर डीएपी मल नपाएर किसान हैरान भएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार कात्तिक, मङ्सिर र पुसका लागि डीएपी मात्र ५० हजारदेखि ६० हजार मेट्रिक टन चाहिन्छ ।

मलका गोदम रित्ता छन् । किसान मलका लागि बिक्री केन्द्रहरूमा जाँदा खाली हात फर्किनुपरेको छ । हाल नेपाल सरकारसँग हाल दुई हजार २५६ मेट्रिक टन मल मात्र मौज्दात छ । यो मल ‘हात्तीको मुखमा जिरा’जस्तो भएको छ । कहीँकतै बिक्री वितरण भइरहेको छ भने महँगोमा लुकिछिपी बिक्री भइरहेको छ ।

सिरहाका कृषक श्रीदेव यादव भन्नुहुन्छ, “धान काटेर आलु र गहुँका लागि खेत तयार पारेर राखेको छु तर मल नपाएका कारण खेती लगाउन पाएको छैन । सिरहा, लहान, मिर्चैया, ढल्केबरसम्मका मल गोदाम र बिक्री केन्द्रमा गएँ तर कतै पनि मल पाइएन । ”
कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीले दुई हजार ३०० मेट्रिक टन मल आफूहरूसँग भएको र माग धेरै भएका ठाउँमा मात्र वितरण गरिरहेको बताउनुभयो । यसो गर्दा पु¥याउन गाह्रो भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार १२ हजार मेट्रिक टन डीएपी मल आउनेवाला छ, त्यो कहिले आइपुग्छ र कहिलेबाट बिक्री वितरण हुन्छ, यसै भन्न भने सकिँदैन । धान काटेपछि गहुँ छर्ने, तरकारी रोप्ने, उखु रोप्ने काम सुरु भएका कारण डीएपी मलको माग अत्यधिक रहेको तर मागअनुसार पु-याउन नसकेको उहाँले बताउनुभयो ।

तर कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेल भने डीएपी मल आइरहेको छ भन्दै आएको मल वितरणमा केही समस्या देखिएको र त्यसलाई मिलाउने काम भइरहेको दाबी गर्नुहुन्छ ।

मल बिक्री वितरण गर्दै आएको अर्को निकाय साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग डीएपी मल छँदैछैन भन्दा हुन्छ । साल्ट टे«डिङका बजार प्रमुख पङ््कज जोशीले भन्नुभयो, “हामीसँग डीएपी छैनभन्दा पनि हुन्छ । खोजबिन गर्दा धेरैमा १५० टन डीएपी होला, त्यसले केही हुँदैन । ”

गहुँका लागि मलको ठूलो अभाव हुने देखिएको छ भन्दै उहाँले यस्तै अवस्था रहे धानको सिजनमा पनि मलको अभाव हुने निश्चित रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय रूपमा मलको मूल्य अत्यधिक वृद्धि भएका कारण पटकपटक टेन्डर रद्द हुँदै आएको छ । मल ढुवानीकर्ताले समयमा मल ल्याइदिइरहेका छैनन् । अर्को कुरा सरकारले दिएको रकम पनि अपुग रहेको कृषि सामग्री कम्पनी लि. र साल्ट ट्रेडिङको भनाइ छ ।

सरकारले रासायनिक मलका लागि १५ अर्ब रुपियाँ दिएको छ । त्यसले दुई लाख ४० हजार मेट्रिक टन मल मात्र आउने भएको छ । जब कि नेपालका लागि कम्तीमा पाँच लाख मेट्रिक टन मल चाहिन्छ । पाँच लाख नभए पनि कम्तीमा तीन लाख मेट्रिक टन मल चाहिन्छ नै, साल्ट ट्रेडिङका बजार प्रमुख जोशीले भन्नुभयो, “थप एक लाख मेट्रिक टन मल ल्याउन सरकारले १३÷१४ अर्ब बजेट दिनुपर्छ । जसको अहिले कुनै सुरसार छैनध्र” हुन त कोरोनाका कारण विश्वमा नै मलको अभाव देखिएको हो तैपनि किसानलाई मल दिनुपर्ने हुन्छ । त्यसका लागि सरकारले योजना बनाएरै अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.