Advertisement

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

0 360

Advertisement

०९ मंसिर, रामपुर । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामा कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या परेको छ । कार्यालयका तत्कालीन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको छ । यहाँ कार्यालय प्रमुख नहुँदा विभिन्न योजना अलपत्र छन् ।

प्रदेश सरकारअन्तर्गतको यस कार्यालयले पाल्पासँगै अर्घाखाँचीमा खानेपानीको योजना सञ्चालन गर्दै आएकामा गत साउनदेखि नै सम्पन्न योजनाको रकम भुक्तानी हुन नसकेको उपभोक्ता समितिले जनाएको छ ।

यस आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि कार्यालयमा प्रमुख नहुँदा आम नागरिकले गुनासो गरिरहेका छन् । लामो समयदेखि कार्यालयमा कार्यालय प्रमुख नहँुदा दैनिक कार्य सम्पादनदेखि कार्यालयमा कार्यरत कर्मचारीको तलवबाट वञ्चित हुनुपरेको कार्यालयका कर्मचारी बताउँछन् ।

रामपुर नगरपालिका–२ स्थित खयरबोट खानेपानी आयोजना पनि प्रभावित बन्न पुगेको छ । योजना सिफारिस भए पनि कार्यालय प्रमुखको समस्याले अहिलेसम्म काम अगाडि बढ्न नसकेको रामपुुर–२ का वडा सदस्य बालकुमारी थापाले बताउनुभयो । “आयोजना सिफारिस भए पनि निर्माणको कुनै प्रक्रिया अगाडि बढेको छैन, स्थानीयले काम किन सुरु भएन भनेर गुनासो गरिरहनुहुन्छ, खानेपानी कार्यालयमा फोन गरेर बुझ्दा काम हुन्छ भन्नुहुन्छ”, उहाँले भन्नुभयो ।

गत वर्ष नै नाप जाँच गरिएको यस खानेपानी आयोजनाबाट करिब ४०० घरधुरीका उपभोक्ता लाभान्वित हुनेछन् । लुम्बिनी प्रदेश सरकारका तीन मन्त्री पाल्पाबाट छन् तर कार्यालय प्रमुखको व्यवस्थापनमा भने पहल नभएको स्थानीयले गुनासो गरेका छन् ।

मन्त्रालयको स्रोतका अनुसार रुपन्देहीको खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख अनुपकुमार चौधरी र गुल्मीमा कार्यरत डिभिजन प्रमुख अनुपकुमार उपाध्यायमध्ये एक जनालाई पाल्पा सरुवा गर्ने भनिए पनि अहिलेसम्म कार्यालय प्रमुखको टुङ्गो लाग्न भने सकेको छैन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.