Advertisement

सर्वोच्चमा आज दुई पूर्ण, दुई एकलसहित पाँच संयुक्त इजलास

0 335

Advertisement

०९ मंसिर, काठमाडाैँ । सर्वोच्च अदालतमा आजका लागि नौवटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीबारका लागि दुई पूर्ण, दुई एकल र पाँच संयुक्त इजलास तोक्नुभएको छ ।

नौ इजलासमा २८४ वटा मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु दीपककुमार कार्की, हरिप्रसाद फुँयाल र नहकुल सुवेदी तथा डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानका लागि पूर्ण इजलास तोक्नुभएको हो ।

यसैगरी, न्यायाधीशद्वय मीरा खड्का र प्रकाशकुमार ढुंगाना, हरिकृष्ण कार्की र कुमार चुडाल, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, अनिलकुमार सिन्हा र कुमार रेग्मी तथा प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठका लागि संयुक्त इजलास तोकिएको छ । साथै, डा. मनोजकुमार शर्मा र तेजबहादुर केसीका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.