Advertisement

गोरखामा आलु जोन कार्यक्रम लागू

0 446

Advertisement

०८ मंसिर, गोरखा । जिल्लामा ‘आलु जोन’ कार्यक्रम लागू भएको छ । ५०६ हेक्टर क्षेत्रफल समेटेर चालु आर्थिक वर्षदेखि जोन कार्यक्रम लागू गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखा कार्यान्वयन इकाइले जनाएको छ ।

धार्चे गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ७ (उहिया, लाप्राक, गुम्दा, लापुलगायतका क्षेत्र) र बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ७ -बारपाक, सौरपानी, पाँचखुवा देउरालीलगायतका क्षेत्र) जोन कार्यक्रममा समेटिएका छन् ।

त्यस्तै भीमसेन थापा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ७ र ८ -मसेल, धावा, घाटवेशीलगायतका क्षेत्र) लाई पनि जोन कार्यक्रममा समेटिएको कार्यालयका सूचना अधिकारी रवीन्द्र पौडेलले बताए ।

‘आलु जोनमा सूचिकृत हुनका लागी भन्दै हामीले गत साउन १९ गते एक महिनाको सूचना निकालेर आवेदन माग गरेका थियौं’ उनले भने, ‘३१ वटा कृषक समूह, सहकारी र फर्मको आवेदन परेर सूचीकृतसमेत भइसकेका छन् ।’

जोन कार्यक्रम अन्तरगत यस वर्ष सिंचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्हार, कृषि यान्त्रिकरण सहयोग, खायन आलुको जातीय उत्पादन र प्रदर्शन र ५० प्रतिशत अनुदानमा उन्नत बिउ वितरण गरिने कार्यालय प्रमुख पूर्ण ढुंगानाले बताइन् । ‘कृषि यान्त्रिकरण अन्तरगत ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर, विषादी छर्ने स्प्रेअर, तौल गर्ने मेसिन, क्रेट, हाँगा काट्ने सिकेचर लगायतका उपकरण सहयोग गर्छाैं’ उनले भनिन् ।

जिल्लामा हाल एमएस-४२, जनकदेव, कार्डिनल, खुमल, टिपिएस लगायतका जातका आलु खेति हुदै आएको कार्यालयले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.