Advertisement

कांग्रेस अधिवेशन : चारवटै प्रदेश क्षेत्रमा नयाँ नेतृत्व

0 165

Advertisement

०५ मङ्सिर, भक्तपुर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत यहाँको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिले निर्वाचनको परिणाम शनिबार राति अबेर सार्वजानिक गरेको थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’ को सभापतिमा जयन्द्र खड्का र उपसभापतिमा दिनेश अवाल र रमेश केसी लामिछाने, सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा सञ्जीव पुरी र सरिता थापा निर्वाचित हुनुभएको छ ।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘ख’ मा शिवप्रसाद अवाल सभापतिमा निर्वाचित हुनुभएको छ । उपसभापतिमा रामकुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ तथा सहसचिवमा सिर्जना नागा र झम्केश्वर गणेजु निर्वाचित हुनुभएको छ ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र नं ‘क’ को सभापतिमा प्रदीप कार्की निर्वाचित हुनुभएको छ । उपसभापतिमा शशीकुमार न्यौपाने र भगवान खत्री, सचिवमा राजाराम थापा र सुशीला ढुङ्गेल, सहसचिवमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित हुनुभएको छ ।

निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र नं. ‘ख’ को सभापतिमा ओमप्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ । उपसभापतिमा बच्चुकैलाश बुढाथोकी र राजेन्द्र चक्रधर, सचिवमा प्रेमबहादुर कुट र बालकृष्ण श्रेष्ठ, सहसचिवमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.