Advertisement

तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन विभागकाे अनुराेध

0 510

Advertisement

०२ मंसिर, काठमाडाैं । नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली भइरहेकाे र बाँकी भू-भागमा आंशिक बदली रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

आज राती प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू-भागहरू आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा माैसम विभागले जनाएकाे छ ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.