Advertisement

नेपाली कांग्रेस बनेपाका युवा नेता भान्जा घिमिरेद्वारा काभ्रे प्रदेश सभा क्षेत्र २(ख)को उपसभापति पदमा उम्मेदवारी

0 895

Advertisement

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कारण जिल्लाहरुमा राजनैतिक माहोल तातेको छ । कांग्रेसमा पछिल्लो चरणमा युवा पुस्ताहरुको आकर्षण बढेको देखिन्छ । प्रदेश अधिवेशन तथा महाधिवेशन प्रतिनिधि निर्वाचन मंसिर ०३ तथा ०६ गते हुदै छ ।

दशकभन्दा बढि राजनैतिक तथा सामाजिक क्षेत्रको अनुभव र क्षमतालाई उर्जाको रुपमा प्रयोग गर्दै पार्टिमा समर्पित गर्न र पार्टिलाई बलियो बनाउन , काभ्रे प्रदेश सभा क्षेत्र २(ख)को समग्र विकासको लागि काभ्रे प्रदेश सभा क्षेत्र २(ख) को उपसभापति पदमा उम्मेदवारी दिएको युवा नेता समाजसेवी गंगा प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

बनेपा नगरपालिका सदस्य
गंगा प्रसाद घिमिरे (काभ्रे प्रदेश सभा क्षेत्र २(ख) को उपसभापति उम्मेदवार )

घिमिरे काभ्रे बनेपा क्षेत्रमा सवै आम नागरिकहरुमा भान्जा घिमिरेले प्रख्यात व्यक्त्ति हुन् । बनेपा नगरपालिका वडा ०२ का सदस्य रहेका गंगा प्रसाद घिमिरे सधै सामजिक कार्यमा अग्रसर हुन्छन । उनी स्थानीय विकास निमार्ण कार्य देखी वडाका हरेक क्षेत्र शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक कार्यक्रमा क्रियासिल रहेको स्थानीय बताउछन् ।

नेपाली कांग्रेस काठमाडौंका स्थानीय नेता आसन्न १४ ‍औं महाधिवेशनका लागि तयारी एकदम राम्रो भएको काभ्रे प्रदेश ख क्षेत्रभरीबाट सवैले माया गर्नुभएको छ घिमिरेले बताउनुभयो ।

राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय घिमिरे बनेपा क्षेत्रमा समाजसेवाको क्षेत्रका अग्रणीको रूपमा लिइन्छ । उनी कोरोनाकहर तथा तथा भूकम्पको समयमा क्रियासिल रुपमा लाग्दै धेरै सामाजिक सेवामा सक्रिय रहेका छन् ।

प्रदेश सभा क्षेत्र २(ख) उपसभापतिमा उम्मेदवारी दिनुको उद्धेयमा मेरो चाहाना खासमा जनताको निम्ति शासक बन्न होइन जनताको सेवक रुपमा लागि पर्न तथा जुन सुकै अवस्था परिस्थितीमा सेवामा पार्टिको काम तथा सेवामा समर्पित रहन उम्मेदवारी दिएको हु उहाँले बताउनुभयो ।

उनी बनेपा नगरपालिका वडा नम्वर ०२ क्षेत्र वस्टारका स्थायी बासिन्दा हुन । भने जुन नालाबाट करिव ३ किमी माथि रहेको छ ।

राजनीति सहित समाजसेवामा उत्तिकै क्रियाशील भान्जा घिमिरे जत्तिको पात्रलाई राष्ट्रिय राजनीतिमै स्थापित गराउन प्रदेश उपसभापतिमा जिताउनुको विकल्प नरहेको काभ्रे प्रदेश सभा क्षेत्र २(ख)का क्षेत्रीय प्रतिनिधिहरूले बताउनुभयो ।

घिमिरे प्रदेशस्तरिय २ ख को सभापतिमा रामहरि श्रेष्ठ प्यानलबाट निर्वाचनमा सहभागि हुदै छन् । यस प्यानलबाट काभ्रे २ संघिय सभापतिमा महेश खरेल र संघिय सचिब मा कृष्णबुद्ध बजगाईं लगायत प्रतिनिधीहरु उम्मेदवारी दिएका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.