Advertisement

सर्वोच्चका न्यायाधीशहरु र कानुन व्यवसायीबीच छलफल

0 246

Advertisement

२९ कातिक, काठमाडाैँ । प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरु र आन्दोलनरत कानुन व्यवसायीबीच सोमबार छलफल भएको छ । छलफल हाल अदालतमा देखिएको गतिरोधको निकासको विषयमा केन्द्रित भएको छलफलमा सहभागी कानुन व्यवसायीले बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निकास दिनुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरुले दुई साता भन्दा लामो समयदेखि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् । त्यस्तै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतको मूलगेटमा नै धर्ना दिइरहेका छन् ।

सोमबार कानुन व्यवसायीसँगको छलफलमा सर्वोच्च अदालतका ११ जना न्यायाधीश सहभागी थिए । नेपाल बार र सर्वोच्च अदालत बारका पदाधिकारी र न्यायाधीशहरुबीच भएको छलफल न्यायालयको गतिरोधको निकासको विषयमा केन्द्रित रहेको सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जानकारी दिए ।

‘छलफलमा हामीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले किन राजीनामा दिनुपर्छ भनेर आफ्नो अवधारणा सुनायौं, उहाँहरुले सुन्नुभयो’ घिमिरेले भने, ‘आज लामो छलफल हुन पाएन । उहाँहरु पनि अहिलेको नेतृत्वबाट न्यायपालिकाको मर्यादा कायम हुन नसक्ने निश्कर्ष सुनाउनुभयो । आगामी दिनमा फेरि छलफल हुनेगरी हामी उठ्यौं ।’

नेपाल बार एशोसिएसनका एक पदाधिकारीका अनुसार, असन्तुष्टमध्येका केही न्यायाधीश सोमबारको छलफलमा सहभागी थिएनन् । यद्यपि छलफलमा सहभागी न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरा बाहेकका अरु न्यायाधीशहरु एक ठाउँमा रहेको बताएका थिए ।

सोमबार सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको, कानून व्यवसायीलाई बुटले हानेको भन्दै नेपाल बार एशोसिएसनले आकस्मिक बैठक बोलाएको छ । बैठकपछि बारले निर्णय सार्वजनिक गर्ने एक पदाधिकारीले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.