Advertisement

भेरीमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु

0 448

Advertisement

२८ कातिक, राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

जिल्ला कोभिड सङ्कट व्यवस्पान केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार यही कात्तिक २५ गते पिसीआर गर्दा सङ्क्रमण पुष्टि भएपछि उनीलाई अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । यसैगरी कैलाली लम्कीचुहा नगरपालिका–५ निवासी ७७ वर्षीय पुरुष र दाङ निवासी ४५ वर्षीया महिलाको शनिबार नै कोरोनाबाट निधन भएको थियो ।

यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ४३१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.