Advertisement

मानवीय सहायताको काममा अवरोध नगर्न राष्ट्रसंघको आग्रह

0 352

Advertisement

२६ कात्तिक, एजेन्सी । संयुक्त राष्ट्रसंघले मानवीय सहायतासम्बन्धी काममा अवरोध नगर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले इथियोपियालाई यो आग्रह गरेको हो ।इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि लगिएका पठाइएका कम्तीमा पनि ७० ओटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको थियो ।

ती ट्रकहरु र ट्रक चालक तथा अन्य कर्मचारीहरुलाई तत्कालै मुक्त गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले प्रवक्ताले माग गर्नुभएको छ ।उहाँले बिहीबार विज्ञप्ति प्रकाशन गरेर मावनीय सहायता उपलब्ध गराउन गएका सबै सवारी साधन र कर्मचारीहरुलाई तत्कालै रिहा गर्न माग गर्नुभएको हो ।
इथियोपियामा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो ।

तर त्यहाँको सरकारले नै ती सहायता सामग्रीहरु नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के कस्तो छ भन्ने बारेमा केही पनि थाहा हुन नसकेको पनि बताइएको छ ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार एक विज्ञप्तिमार्फत् भन्नुभएको छ यस्तो सहयोगका लागि गएका सहायताकर्मी तथा सवारी साधनहरु नै सरकारले नियन्त्रणमा लिनु राम्रो नभएकोले तुरुन्त रिहा मुक्त गरी सहायता उपलब्ध गराउने वातावरण मिलाउनु पर्छ ।

उहाँले ती ट्रकहरुको अवस्था के छ र कहाँ राखिएको तथा सवारी चालकहरुको पनि अवस्था के छ भन्ने बारेमा पनि इथियोपियन सरकारले केही नबताएको जानकारी दिनुभयो । उनीहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले यहाँको सरकारलाई आग्रह गरेको पनि उहाँले बताउनुभएको छ ।
इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ । जसका कारण लाखौँ मानिस खाद्यान्नलगायतको मानवीय सहायताको अभाव रहेको छ । त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहयता पठाएको थियो ।
–––



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.