Advertisement

डीएसपी तिमिल्सिनाको निधन

0 580

Advertisement

२६ कातिक, सप्तरी । इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको इन्चार्जको रुपमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ ।

दशैंमा बिरामी भएका तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले बताए । उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो ।

उहाँ केही पहिला कोरोना पोजेटिभ पनि हुनुभएको थियो । तर, पछि ठीक हुनुभएको थियो,’ एसपी धमलाले भने, ‘तर उहाँको फोक्सोमा समस्या देखिएपछि उपचार गराइरहनुभएको थियो ।’

नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर दरबन्दी भएका उनी केही महिनायता इलाका प्रहरी कार्यालय कञ्चनपुरमा काजमा खटिएका थिए । उनी भक्तपुरकै निवासी हुन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.