Advertisement

आजको खेलकुद गतिविधी

0 492

Advertisement

२४ कात्तिक, काठमाडौं ।

श्रेष्ठ उत्कृष्ट निर्णायक

तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सीओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।


नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको बताइएको छ । चार वटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जनाएका छन् । नेपालबाट प्रतियोगितामा श्रेष्ठसहित अशोक खड्का, मिन न्यौपाने, रविन्द्र मल्ल, जितसिंह लामा र दीपेन्द्र ढकालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । श्रेष्ठ यसअघि २०१९ को जुलाइमा जोर्डनमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि उत्कृष्ट निर्णायक चुनिएका थिए ।


श्रेष्ठ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक पनि हुन् । उक्त सागको तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेको थियो । २७ खेल समावेश सागमा नेपाललाई सबै भन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो हो ।
पाकिस्तानको प्रतियोगितामा ६ खेलाडी तथा समान १–१ प्रशिक्षक र अफिसियल पनि नेपालबाट सहभागी भएका थिए । सबै खेलाडी पदकविहीन रहे ।

जिम्न्याष्टिक टोलीलाई प्रमाण पत्र


पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई बुधबार सहभागिताको प्रमाण पत्र प्रदान गरियो ।


नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले उनीहरुलाई एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । अध्यक्ष प्रधानले खेलाडीलाई ‘एक्सपोजर’ गराउन संघले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइरहेको बताए ।


अक्टोबर २६ देखि ३१ तारिखसम्म भएको प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष÷महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।


सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिंकी झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धरले प्रतिस्पर्धा गरेका थिए । जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपिन दोङले खेलेका थिए । प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान वज्राचार्य छन् । अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशिलप्रकाश प्रधान रहेका छन् ।


नेपाल जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले पदक नै नजिते पनि खेलाडीको प्रदर्शन उत्साहजनक रहेको बताउदै एकेडेमी स्थापनाले खेलाडीको स्तरबृद्धिमा सहयोग पुगेको बताए ।

पेनक्रिएसनको सेमिनार सम्पन्न

नेपाल पेनक्रिएसन एथ्लिमा संघको आयोजनामा रेफ्री तथा टेक्निकल सेमिनार बुधबार सम्पन्न भएको छ । एकदिने सेमिनारमा १६ जना सहभागी थिए ।


सहभागीलाई मुख्य प्रशिक्षक स्वयम्भूराज डंगोलले प्रशिक्षण दिएका थिए । पुनर्ताजकीका साथै नयाँ नियम बारे जानकारी गराउन सेमिनार आयोजना गरिएको आयोजकले जनाएको छ ।


मंसिर ४ गते मत्छेगाउँमा हुने राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गरी सेमिनार आयोजना गरिएको मुख्य प्रशिक्षक डंगोलले जानकारी गराए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.