हिजो राजाका सालिक ढाल्नेहरुले नै आज भन्न थाले , राजा आउँ देश बचाँउ
याेगेन्द्र खरेल
२४ कात्तिक, लिस्वाेन पाेर्चुगल । नेपालमा राजसंस्थाको आफ्नै स्वर्णिम इतिहास छ । आज गणतन्त्रका हिमायती भन्नेहरुले , गणतन्त्र स्थापनाकाे एक दशक बढी समय बितिसक्दा पनि त्यहि राजसंस्थाको पालामा स्थापित संरचनाहरुकाे दाेहन गरेर नै आफ्ना गतिविधिहरु संचालन गरेका छन । उद्योगधन्दा तिनै छन , तिनिहरुकाे नाम फेरियाे हाेला तर अवस्था झनै बेहाल छ । सडक तिनै छन , सडकहरुकाे नाम फेरियाे हाेला तर खाल्डाखुल्डी पुरिएको छैन नालि फेरिएको छैन । कलेजहरु तिनै छन , तिनिहरुकाे पनि नाम फेरियाे हाेला तर शैक्षिक तथा प्रशासनिक अबस्था झनै नाजुक छ ।
समग्रमा भन्ने हाे भने , याे गणतन्त्रको एक दशक बढिकाे समयमा , राजसंस्थाको पालाका संरचनाहरुकाे सबै कुराकाे नाम फेरियाे तर अबस्था झनै नाजुक , अस्थिर , तथा भद्रगोल बनाइएको छ । जताततै अस्तव्यस्त छ , हरेक क्षेत्रमा चरम राजनीतिकरण छ , भ्रष्टाचारले सिमा नागिसेकाे छ , नेताहरुमा निष्ठा र इमानदारीकाे खडेरि लागिरहेकाे छ , जातीय र धर्मका नाममा सामाजिक सद्भाव खलबल्याउने गतिविधिहरु बढिरहेका छन , चालू खर्च अत्यधिक छ भने बिकास खर्च निकै न्यून छ , राजनीतिक स्वार्थ पूरा गर्ने हेतुले काेहि उत्तर र काेहि पश्चिमका देशहरु संग शरणम् गर्ने परिपाटी ले वैदेशिक सम्बन्धहरुमा अस्थिरता छ , राजनीतिक दलका मुठ्ठी भर नेता कार्यकर्ताहरु बाहेक अन्य नागरिकहरु याे गणतन्त्र नामकाे ध्रुबे हात्ती देखि वाक्कदिक्क भइसकेका छन , विधि प्रति हाेईन याे व्यवस्था प्रति नै नैराश्यता बढ्दै गइरहेकाे छ , राेजगारि र अवसरकाे अभावमा सक्षम युवाहरुकाे बिदेशीने दर हरेक दिने बढ्दै छ , नागरिकहरुकाे स्वास्थ सुरक्षा गाँस वास र कपासकाे सुनिश्चितता छैन यी र यस्तै गतिविधिहरु नै नेपालकाे गणतन्त्रका उपलब्धिहरु हुन ।
२०६२/६३ काे जनआन्दोलनमा सक्रिय उपस्थिति जनाएको म एक नागरिकले याे गणतन्त्रको एक दशक पछि राजा आउ देश बचाउ´ भनेर लेख्नुपर्ला भनेर परिकल्पना पनि गरेकाे थिएन तर के गर्नु जे आशा र भराेसाका साथ जनआन्दोलनमा सहभागी भएर परिवर्तन सुनिश्चितता गरियाे आखिर तिनै आशा र भराेसामा तुसारापात भएपछि , अब अर्काे विकल्प खाज्नुकाे अरु के नै विकल्प छ र । त्यसैले उक्त जनआन्दोलनमा सक्रिय सहभागीता जनाएको म एक आम नागरिक पुनः भन्छु अब त अत्ति भाे राजा आउ देश बचाउ’ २०६२/६३ भन्दा अगाडि र २०६२/६३ भन्दा पछाडि काे नेपालकाे सामाजिक , आर्थिक , राजनीतिक र विकास सम्बन्धि विश्लेषण गर्ने हरेक नागरिकहरुले भन्न थालेका छन अब गणतन्त्रको विकल्प खाेज्नुपर्दछ र यसकाे उचित विकल्प भनेकाे पुनः राजसंस्था नै हुन सक्दछ । राजसंस्थाकाे अन्त्यपछि , एक राजा हटाइयाे र वडा कार्यलय देखि राष्ट्रपति कार्यालय सम्म गरि हजाराैकाे संख्यामा राजाहरुलाई राज्यराेहण गराइयाे । पहिले राजा काे सवारी हुन्थ्याे , राजालाई मात्र सलामी चढाइन्थ्याे , तर अहिले वडा अध्यक्ष देखि राष्ट्रपति सम्मकाे सवारी हुन्छ , पिर्के , बेच्चि कुर्सी जे छ त्यसैमा चढाएर सलामी दिइन्छ । आखिर खै त राजसंस्थाको अन्त्य भए पनि राजाहरुकाे अन्त्य भएकाे ?
आज भन्दा एक दशक अगाडि अब त अन्तिम बिदेशकाे यात्रा हाे है भन्दै अरब छिरेका पल्ला घरे बिर्खे दाइ याे गणतन्त्रकाे एक दशक अबधिमा कति पटक अेाहाेरदाेहाेर गरे हाेलान ? अब त अर्काकाे हलि बस्ने समय काे अन्त भयाे अर्काे सिजन देखि त काँध बाट हलाेजुवा बिसाउने हाे है भनेका रामु काकाले याे गणतन्त्रको एक दशकमा कति हलाेजुवा फेरे हाेलान ? अब त देश मै राेजगारि सृजना हुनेभएपछि डल्ले पनि बिदेशबाट फर्कने छ र सपरिवार संगै बस्न पाइने छ भन्ने सपना देखेकि डल्लि भाउजूले याे एक दशकमा कति पटक आँसु झार्दै डल्लेलाई एयरपोर्ट पुगेर बिदाइ गर्न विवश भएकि हाेलिन ? खाेक्दै खाेक्दै काँचा दाउराहरु चुलाेमा जाेरेर फु फु गरिरहेकि माथिल्ला घरे हजुरआमाकाे घरमा ग्यास पुग्याे कि त्यहि चुलाेमा त्यसरि नै आगाे फुक्दै हाेलिन ? सहकारी मार्फत चक्रिय ब्याजदरमा ऋण लिएर छाेराहरुलाइ विदेश पठाउने गैरे गाउँका युवाहरुकाे काँधबाट सहकारीकाे चक्रिय ब्याजदरमा लिएकाे सावा र ब्याज चुक्ता भयाे कि भएन हाेला ? २०६२/३६काे आन्दोलनका सहिद परिवारकाे अवस्था कस्ताे हाेला , तिनिहरुका परिवारका सदस्यहरुले मिठाे खान र राम्राे लाउन पाएका छन हाेला कि नाइ , आन्दोलनका घाइतेहरु कहाँ छन हाेला ,शरिरमा भएका गाेलिबारुदका छर्राहरु शरीर भित्रै कुहिए हाेलान कि अझै पाेल्दै छ हाेला ? यी र यावत यस्तै प्रश्नहरु उत्तर छ त याे गणतन्त्र संग ? यी प्रश्नहरुकाे एउटै उत्तर हाे , व्यवस्था फेरियाे अबस्थामा झनै बेहाल छ ।
२०६२/६३काे आन्दोलनमा सहभागी भई याे व्यवस्था ल्याउन म १९ दिन आन्दोलनमा सहभागी भएकाे थिए आज ती दिनहरु सम्झदा निकै हिनताबाेध हुन्छ , मलाई निकै पश्चाताप छ ती १९ दिनहरु प्रति । नेपालका निष्ठाच्युत भएका राजनीतिक दलका नेताहरुका झुटा आश्वासनमा बहकिएर तिनिहरुलाई बिश्वास गरेेर एक राजा बाट हजारौं राजाहरु बनाउने कार्यकाे आफुपनि हिस्सा भएकाे मा म सार्वजनिक रुपमा माफि माग्दछु । मलाई लाग्छ , याे व्यवस्था ल्याउन आफ्नाे जीवनकाे आहुति दिन समेत तयार भएका सहिदहरुकाे आत्माले पनि आज पश्चाताप गरिरहेका छन हाेला , उक्त आन्दोलनका घाइतेहरु जसलाई म भन्छु ज्युदा सहिदहरुले पनि आज मैले जस्तै पश्चाताप गरिरहेका छन हाेला ।
हिजाे लिस्वाेनमा एक जना कमरेड संग भेट भएकाे थियाे , उनी ३ बर्ष अगाडि बिदेशीएका रहेछन । करिब ५ बर्ष जति सशस्त्र युध्दमा भुमिगत भइ माआेवादिका संगठन विभाग तिरका कमान्ड भएका रहेछन ती कमरेड । क. अविनाश नाम बाट परिचित ती कमरेड र उनका परिवारले युध्दकालिन अवस्थामा निकै दुख भाेगेका रहेछन । उनले भन्दै थिए , राजसंस्था कै कारण देशमा बेथिति भयाे यसलाई फाल्याै र गणतन्त्र स्थापना गर्याै भने जनताकाे शासन आउँछ , सबै जनताहरुलाइ सखसुबिधा हुन्छ भन्ने भ्रममा पारिएको थियाे त्यसैले आफ्नाे र परिवारकाे ज्यानकाे बाजि राखेर युध्दमा हाेमियाे । हामिले साेचे जस्तै राजसंस्थाको बहिर्गमन संगै नामकाे गणतन्त्र आयाे तर जनताकाे शासन आउन सकेन । प्रचण्ड बाबुराम नाम गरेका केही थान नेता कार्यकर्ताहरुलाई गणतन्त्र आयाे तर म जस्ताे इमानदार कार्यकर्ता लाई गणतन्त्र आउन सकेन त्यसैले उमेर ले चालीस टेक्दै गर्दा जीवन जिउनकाे लागि प्रदेशमा संघर्ष गर्दै छु । उनले थपे मलाई निकै पछुतो लागिरहेको छ , त्याे युध्दमा हाेमिएकाेमा उर्जाशील त्याे युवा अबस्थामा लाल सलाम कमरेड भन्दै मुड्की उठाउने हातहरुले याे चालिसकाे नेराेघेराेमा परिवार पाल्न र जीवन निर्वाह गर्न भाँडा माझ्नु पर्ला भन्ने साेचेकाे थिइन । याे भन्दै गर्दा उनी निकै भावुक देखिन्थे , उनकाे मुहारमा पश्चातापका परिदृश्यहरु स्पष्ट देख्न सकिन्थ्यो ।
उनले फेरि थपे , राजा कै कारण हामी जस्ता जनताले दुख पायाै भन्दै मेरै नेतृत्वमा राजाहरुका सालिक पनि ढलायाैँ । उति बेला मैले साेचे कै थिईन , राजाकाे फलानाे सालिक भत्काउ है भन्दै आदेश दिने याे कमरेड अविनाश ले राजा आउ देश बचाउ भन्नुपर्ला भनेर , उनी फेरि भन्दै थिए म फेरि दाेहाेर्याएर भन्छु ; अब त अत्ति भाे राजा आँउ देश बचाउँ ।
नेपालका राजनीतिक दलहरुका नेताहरुका वर्तमानमा गतिबधिहरुकाे नजिबाट अवलाेकन गरेका हरकाेहिले भन्छन अब त अत्ति भाे राजा आउ देश बचाउ । हिजाे मात्र नेपाली काङ्ग्रेस का सभापति तथा देशका प्रधानमन्त्री ले राजालाई चुनाैति दिएछन खुबि भए चुनावी मैदान मा आउ । म हाम्रा सम्मानित प्रधानमन्त्री लाई बिनम्र अनुराेध गर्दछु यदि तपाईंहरुकाे खुबि छ भने एक पटक जनमत संग्रहमा जाआै राजसंस्था ठिक कि बेठिक । अन्तमा यी नेताहरुकाे लागि लगाम भनेकाे नै राजसंस्था हाे , राजसंस्था बिनाका नेपालका राजनीतिक दलहरु लगाम बिनाका घाेडा जस्तै भइरहेका छन । यिनिहरुकाे लगाम भनेकै राजसंस्था हाे । राजसंस्था भनेकाे देश र नागरिक काे मियाे रहेछ ।
जय देश जय नेपाल