Advertisement

मनकुमारको घर बनाउन जुटे पत्रकार

0 618

Advertisement

१८ कात्तिक, झापा । झापा विद्रोहमा १७ वर्ष जेलजीवन बिताएका कम्युनिस्ट योद्धा मनकुमार तामाङको घर जनसहयोगबाट निर्माण गरिने भएको छ ।अर्जुनधारा नगरपालिका–१ खुदुनाबारी निवासी ७२ वर्षीय तामाङ काठको जीर्ण घरमा बिरामी पत्नी फुलमायाको हेरचाह गर्दै बस्दै आउनुभएको छ । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तीका अवसरमा उहाँको घरको शिलान्याश गरिएको छ । जनसहयोग सङ्कलन गरेर रु १२ लाखको लागतमा आधारभूत सुविधाजनक पक्की घर तीन महिनाभित्र निर्माण गरिने भवन निर्माण समितिका संयोजक तथा पत्रकार कुमार भट्टराईले बताउनुभयो ।

उहाँले अब बन्ने घर एक तलाको हुने र त्यसमा दुई वटा सुत्ने कोठा, एउटा बैठक कोठा र एउटा भान्सा कोठा हुने गरी घरको नक्शा तयार पारिएकोे जानकारी दिनुभयो । कम्युनिस्ट योद्धा तामाङ नेकपा (एमाले)का अध्यक्ष एवं् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सहयोद्धा र जेलका सहयात्री हुनुहुन्छ ।

लामो जेलनेल भोगेका राजनीतिक योद्धाका रुपमा राज्यका तर्फबाट पाएको रु ७५ हजारमा झापा र इलामको सीमास्थित जङ्गल छेउमा दुई दशक अघि पाँच कठ्ठा ऐलानी जग्गा खरिद गरेर उहाँ काठको घरमा जसोतसो बस्दै आउनु भएको थियो ।

मुलुकको राजनीतिक परिवर्तनमा योगदान पु¥याएका व्यक्ति भएकाले तामाङप्रति उच्च सम्मान दर्शाउन घर निर्माण अभियान सञ्चालन गरिएको निर्माण समितिका सहसंयोजक एवं् पत्रकार दिपीन राईले बताउनुभयो । घर निर्माण अभियान पत्रकारले नै सञ्चालन गरेका छन् । सात सदस्यीय समितिमा कोषाध्यक्षमा पत्रकार मनिषा चम्लागाईं रहनुभएको छ ।

अहिले तामाङको परिवार बस्दै आएको घर बर्खामा पानी चुहिने गरेको छ । पानी खानका लागि पुरानो ट््युवेल प्रयोग गर्दै आउनु भएको छ । उहाँहरुले प्रयोग गर्ने शौचालयको छानो र भित्ता भत्किएर ह्वाङ्गै भएको छ । झापा विद्रोहको जगमा उभिएका र उक्त आन्दोलनलाई आदर्श मान्ने राजनीतिक दल सत्तामा पटकपटक पुग्दा र सहयोद्धा नै मुलुकको कार्यकारी प्रमुखको पदमा पुग्दासमेत तामाङको जीर्ण घरले काचुली फेर्न पाएको थिएन ।

घर निर्माणमा कुनै राजनीतिक उद्देश्य नरहेको र सबै पक्षको सहयोग जुटाएर निर्माण सम्पन्न गरिने लक्ष्य भएको निर्माण समितिका संयोजक भट्टराईको भनाइ छ । राजनीतिक आस्थाको आधारमा समितिका संयोजक भट्टराई नेपाली कांग्रेस निकट हुनुहुन्छ ।

घर शिलान्यास कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरि राना, नेकपा एमाले अर्जुनधाराका अध्यक्ष बलदेव गोम्देन, नेकपा (माओवादी) केन्द्रका नगर इञ्चार्ज नाराद तामाङ लगायतले मन्तव्य व्यक्त गर्दै मुलुकमा गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि बलिदान गर्न तयार भएर सङ्घर्षमा होमिनुभएको जिउँदा शहीद तामाङको घर निर्माणमा पूर्ण सहयोग रहने बताउनुभयो ।

घर निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै इञ्चाज तामाङले पत्नी फुलमाया तामाङ मुटुको बिरामी भएको र उपचारका लागि अस्पतालमा पु¥याउन नसकेको बताउनुभयो । उहाँले हाल बाँसको चोया काटेर डोको, नाङ्लो, भकारीलगायतका सामान बुनेर बजारमा बेच्दै परिवारको जीविका चलाउँदै आउनुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.