Advertisement

अफगानिस्तानमा पत्रकार हिंसाका ३० भन्दा बढी घटना दर्ता

0 700

Advertisement

११ कार्तिक, काबुल [अफगानिस्तान] । अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उद्धृत गर्दै जानकारी दिएको छ।

“अफगानिस्तानको राष्ट्रिय पत्रकार संघले पत्रकारहरूको स्थितिका बारेमा सामान्य मूल्याङ्कन सार्वजनिक गरेको छ। पत्रकारहरू विरुद्ध हिंसाका ३० भन्दा बढी घटनाहरू भएको देखाउँछ,” युनियनका प्रमुख मसरूर लुफ्तीले भने। “यी घटनाहरूमध्ये झण्डै ९० प्रतिशत तालिबानसँग सम्बन्धित छन्,” लुफ्तीलाई अफगान टोलो न्यूज मिडियाले उद्धृत गर्दै उक्त गरेको छ। अफगान प्रशारकले दिएको जानकारी अनुसार पत्रकारहरूले तालिबानलाई सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र सूचनामा पहुँच सुरक्षित गर्न अनुरोध गरेका थिए।

यसैबीच, अफगान गृह मन्त्रालयका प्रवक्ता सैयद खोस्तीले पत्रकारहरूलाई सरकारले गरिरहेको सुरक्षा उपायहरूको बारेमा जानकारी दिदै आश्वस्त पार्न खोजेका छन्। मन्त्रीले यस्तै अपराधमा पक्राउ परेका केही अपराधीलाई उद्धृत गर्दै थप विश्वास दिलाएका छन् ।

गत महिना, काबुलमा भएको विरोध प्रदर्शनलाई लक्ष्यित गर्दै तालिबानले धेरै अफगान पत्रकारहरूलाई पक्राउ गरेको रिपोर्ट सार्वजनिक गरिएको थियो।

यसैबीच, देशको पत्रकार संघले अफगानिस्तानको सञ्चारमाध्यमलाई समर्थन गर्न र सञ्चार स्वतन्त्रताको पक्षमा उभिन आह्वान गरेको छ ।
उनीहरूले इस्लामिक इमिरेट्सका अधिकारीहरूलाई पत्रकारहरूले सामना गर्ने समस्या समाधान गर्न थप कदम चाल्न आग्रह गरेका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.