Advertisement

एमाले अधिवेशन : बाँकेमा छ पालिकामा सर्वसम्मत

0 604

Advertisement

१० कात्तिक, राँझा । बाँकेमा नेकपा (एमाले)ले छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई स्थानीय तहमा भने नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मङ्गलबार रातिसम्म नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले जानकारी दिनुभयो ।

ती पालिकामा आज पुनः नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । उपमहानगरपालिकामा दत्तप्रसाद आचार्यका नेतृत्वमा उपाध्यक्षमा हकिम हलवाई, सचिवमा मोहित शाह, उपसचिवमा दिग्विजय ढुङ्गाना र उषा थापालाई सर्वसम्मतरूपमा चयन हुनुभएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्र धिताल, उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहा चयन हुनुभएको छ । जानकी गाउँपालिकाको अध्यक्षमा विश्रामकुमार बर्मा, उपाध्यक्षमा रामनरेश मौर्य, सचिवमा राजितराम यादव, उपसचिवमा यज्ञश्वरी शाह र अशोक राना निर्वाचित हुनुभएको छ ।

राप्तीसोनारी गाउँपालिका कमिटीको प्रथम अधिवेशनले अध्यक्षमा मनोज केसी, उपाध्यक्षमा मदन वली, सचिवमा सुधा थारू, उपसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतलाई चयन गरेको एमाले नेता सूर्य ढकालले जानकारी दिनुभयो । नेकपा एमाले डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लनप्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्मा निर्वाचित हुनुभएको छ । नरैनापुरमा अध्यक्षमा पञ्चराम यादव, उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चयन हुनुभएको छ ।

बैतडीका चार पालिकामा अधिवेशन सम्पन्न

बैतडी : नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत जिल्लाका चार वडामा वडा तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लामा ८४ वडा रहेकामा बैतडीमा सोमबारदेखि अधिवेशन सुरु भएको हो । अहिलेसम्म जिल्लाका चार वडामा अधिवेशन सम्पन्न भएको एमाले बैतडी सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्टले जानकारी दिनुभयो ।

सचिव भट्टका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका–२, ३, ४ र ८ मा अधिवेशन सम्पन्न भएको हो । २ मा उमापति भट्ट, ३ मा करनराम भुल, ४ मा तर्कराज भट्ट र ८ मा डम्बर विष्ट वडाध्यक्षमा चयन भएका हुन् । कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटीले वडा र पालिका अधिवेशनको कार्यतालिका सारेकाले यहाँको अधिवेशन केही ढिला हुन गएको जनाइएको छ ।

चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ८४ वडा छन् । कात्तिक १२ गतेसम्म सबै वडा अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको र सोहीअनुसार अधिवेशन भइरहेको जनाइएको छ ।

यसैबीच यही कात्तिक १५ गते जिल्लाका सबै स्थानीय तहका हुने पालिका अधिवेशनका लागि उत्प्रेरक तथा सहजकर्ता छनोट गरिएको छ । शिवनाथ गाउँपालिका र मेलाली नगरपालिकामा जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्ट, पञ्चेश्वर गाउँपालिकामा केन्द्रीय सदस्य पुरन सिंह दयाल, पाटन नगरपालिकामा प्रदेश कमिटी सदस्य मोहन थापा, सुर्नया गाउँपालिकामा प्रदेश कमिटी सदस्य नरेश विक, दशरथचन्द नगरपालिकामा प्रदेश कमिटी सदस्य पुष्करराज जोशीलाई उत्प्रेरक तोकिएको छ ।

यस्तै दोगडाकेदारमा जिल्ला उपसचिव चक्र कार्की, डिलाशैनीमा जिल्ला अध्यक्ष सुरेन्द्र पाल, पुर्चौडीमा सांसद दामोदर भण्डारी र सिगासमा जिल्ला कमिटी सचिवालय सदस्य रमिल बमलाई उत्प्रेरकका रूपमा खटाइएको सचिव भट्टले जानकारी दिनुभयो । एमालेको दसौँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुँदैछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.