Advertisement

सर्वोच्चमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोकिने

0 441

Advertisement

 ०७ कार्तिक, काठमाडाैँ । सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोकिने भएको छ। आइतबार नेपाल बार एसोसिएसनको कार्यसमितिसँगको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोक्ने बताएका हुन्। 

बारका महासचिव लीलामणि पौडेले मंगलबारदेखि यो अभ्यास सुरू गर्ने भनेर प्रधानन्यायाधीशले आफूहरूसँगको भेटमा भनेको बताए। त्यसअघि यसको नमूना सञ्चालन गरिनेछ। 

राणासँग बारका पदाधिकारीले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको बनेको विकृतिविहीन अदालत सम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गरेको विषय उठाएपछि उनले यस्तो बताएका हुन्। प्रधानन्यायाधीश जबराले आफ्नो तर्फबाट गल्ती भएको ठाउँमा माफी माग्ने समेत बताएका छन्।

 मन्त्रिपरिषद्‌मा भागबन्डा खोजेको, विकृतिविहीन अदालत बनाउने सम्बन्धमा गठित समितिको प्रतिवेदन कार्यान्वयन नगरेको लगायतका विषयमा विवादित बनेका प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा यस्तो बताएका हुन्। उनले आउँदा दिनमा त्यस्ता कमजोरी हुन नदिने पनि प्रतिवद्धता जनाएको बारका एक पदाधिकारीले बताए। 

यसैबीच, प्रधानन्यायाधीश जबराले भोलि सोमबार दिउँसो १ बजेका लागि फुलकोर्ट समेत बोलाएका हुन्। फुलकोर्टमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी गराइने भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.