Advertisement

२४६६ जनाले दोहोरो भत्ता लिएको खुलासा

0 386

Advertisement

०५ कात्तिक, काठमाडौँ । सरकारी कोषबाट २४ सय ६६ जनाले निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता दुवै लिएको पाइएको छ । गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा ऐन, २०७५ बमोजिम सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था बमोजिम कट्टा गरेको जनाएको छ । 

विभागले असोज २४ गते देशभरका सवै स्थानीय तहलाई परिपत्र जारी गर्दै लाभग्राहीमध्ये कसैले निवृत्तिभरण नलिएको पुष्ट्याई सहित प्रमाण पेश गरे तथ्य यकिन गरी पुन नियमअनुसार लागत कायम गर्न अनुरोध गरेको छ । 

त्यस्तै ८४ हजार ७ सय ६३ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले निवृत्तिभरण समेत लिएको हुनसक्ने तथा सोबारे स्थानीय तहबाट थप पुस्ट्याई गर्नुपर्ने देखिएकोले वास्तविकता यकिन गरी उक्त लाभग्राहीहरुले निवृत्तिभरण समेत प्राप्त गरेको पाइएमा स्थानीय तहबाटै लागत कट्टा गर्न भनेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.