Advertisement

मेगा बैंकद्धारा आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

0 560

Advertisement

०४ कात्तिक, काठमाडौं । मेगा बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले साबिकका पश्चिमाञ्चल डेभलपमेण्ट बैंक,टुरिजम डेभलपमेण्ट बैंक र गण्डकी विकास बैंकले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश हालसम्म पनि बुझि लिन नलिएको तथा दाबीसमेत नपरेको भन्दै मेगा बैंकले ती शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको हो ।

उक्त कम्पनीले नगद लाभांश लिन बाँकी शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजातसहित शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सुचना प्रकाशित भएको मितिले ३५ दिनसम्म पनि लाभांश रकम लिन नआएमा पाँच वर्ष पुरा भई भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.