Advertisement

प्रदेश २ मा वर्षाले २५ प्रतिशत धानबालीमा क्षति, राहत दिन प्रदेश सरकारको तयारी

0 320

Advertisement

०४ कात्तिक, जनकपुरधाम । मौसमी वर्षाले धान बालीमा क्षति पुर्‍याएकाले किसानलाई राहत दिने प्रक्रिया प्रदेश २ का भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालायले अगाडी बढाएको छ ।

भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले पत्रकार सम्मेलन प्रदेशभरका पीडित किसानहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । हावाहुरी, वर्षा र बाढीले पु¥याएको क्षतिको विवरण संकलन सुरु भइसकेको जानकारी दिदैं उनले विवरण संकलनमा सहयोग गर्न स्थानीय तहलाई आग्रह समेत गरे ।

धान काटेर भित्र्याउन राखेको पाजा (पसही) वर्षाको पानीले खेतमै डुबेपछि किसानहरु आर्थिक र मानसिक तनाबमा परेको मन्त्री यादवले बताए । उनले भने,‘मेहनत र लगानी डुब्ने चिन्ताले किसानलाई सताएको छ । किसानको यो पीडा हामीले बुझेका छौं । प्रदेश सरकार किसानको साथमा छ । क्षतिको विवरण आएलगत्तै उचित क्षतिपुर्ति उपलब्ध गराउछौं ।’

प्रदेश २ मा ४ लाख ३ हजार हेक्टरमा धान रोपाइ भएको थियो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण करिब २५ प्रतिशत धानबालीमा क्षति पुर्‍याएको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.