Advertisement

क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्रीे

0 355

Advertisement

०४ कात्तिक, सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले अबिरल बर्षाका कारण भएको क्षतिको अध्ययन गरेर थप राहतको व्यवस्था गरिने बताउनु भएको छ । सुदूरपश्चिम प्रदेशमा भएको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न जाने क्रममा सुर्खेत बिमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले बाढी पहिरोले नेपालमा अपुरणीय क्षति गरेको पनि बताउनुभयो ।

उहाँले सरकारले राहतको व्यवस्था गरे भन्दै स्थलगत रुपमा अध्ययन गरेर थप राहतको व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बाढी पहिरोले ठूलो जनधनको क्षति गरेको छ । नेपालका लागि यो अपुरणीय क्षति हो । प्रभावित क्षेत्रको निरीक्षण गर्न जाँदै छु । सरकारले अध्ययन गरेर थप राहतको व्यवस्था गर्छ ।’

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका असरका बारेमा अन्तर्राष्ट्रिय जगतमा कुरा राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जलबायु परिवर्तनले नेपाललाई पनि ठूलो असर गरेको छ । यसको विषयमा पनि नेपालले अन्तर्राष्ट्रिय जगतमा कुरा राख्छु ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.