Advertisement

युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’ वीरगञ्जमा

0 544

Advertisement

०४ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’को तयारी पूरा भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अनुसार सम्मेलनका लागि आवश्यक सबै तयारी पूरा भएको हो । उद्यमी भइसकेका महिलालाई प्रोत्साहन गर्न र उद्यमी बन्न चाहनेलाई उत्प्रेरित गर्न सम्मेलनको तयारी गएिको मञ्चका अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो ।

सम्मेलनमा देशका विभिन्न स्थानबाट १५० महिला उद्यमी सहभागी हुने छन् । सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा सङ्घर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तक्र्रिया हुनेछन् । सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रको बारेमा दक्ष अनुभवी व्यक्तित्वबाट सिक्ने अवसर मिल्ने आयोजकको दाबी छ ।

सम्मेलनबाट महिलालाई उद्यमशीलतामा अघि बढ्न प्रोत्साहन मिल्ने आयोजकको दाबी छ ।

सम्मेलनमा बुटिक, मेहन्दी, घरेलु लगायत महिला उद्यमीले उत्पादन गरेका विविध सामग्रीसहितको १० वटा कक्ष समेत राखिनेछ । बिक्रीका लागि नभई पहिचान नपाएका उद्यमी महिलाको वस्तु वा सेवाको बारेमा जानकारी प्रदर्शनीकक्षमार्फत दिइने तयारी आयोजकले गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.