Advertisement

जावा मोटरसाइकल अब विरगन्जमा,

0 441

Advertisement

०२ कात्तिक, विरगन्ज। अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले विरगन्जको प्रतिमा चोकमा नयाँ डिलर एसआर मोटोकर्प मार्फत मोटरसाइकलको शोरूम खोलेको छ । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेतपछि कम्पनीले विरगन्जमा पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो ।

एसआर मोटोकर्पका प्रबन्ध निर्देशक रविन्द्र श्रेष्ठले जावा, जावा फोर्टी–टु र फ्याक्ट्री निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा प्रतिमा चोक, विरगन्ज र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का सक्ने बताए ।

“हाम्रो थातथलोमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउँदा हाम्रा लागि गर्वका कुरा हो । हाम्रो विरगन्ज र यस वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौं’ उनले भने ।

जावा एक प्रमाणित र प्रतिष्ठित ब्रान्ड हो । नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरुले युवा पुस्ताले यो वाइक मन पराउने गरेका छन् । जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो । यसको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.