कोरोना माहामारीमा सवारी चालक अनुमतिपत्र लिनको मोह
२० असोज, काठमाडौं । नेपालमा कोरोनाको जोखिम कायमै रहेको छ । खोप कार्यक्रम जारी रहेतापनि कोरोनाको डर त्रास अझै छ । नजिकिदै गरेको चाडवाड तथा सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुले गर्दा हरेक दिन कार्यालय भरिभराउ हन्छ ।
सवारी चालक अनुमतिपत्र फारम भर्न देखी लिखित तथा ट्राइल परिक्षा दिन बसेका आम युवाहरुमा न कोरोनाको डर छ । भने न त सरकारी कार्यालयले सुरक्षाको मापदण्ड पालना ध्यान दिएका छन् ।
काठमाडौं चावहिल यातायात कार्यालय सुकेधारामा विहान ७ बजेदेखी लिखित परिक्षा दिन बसेका परिक्षाहरु लिखित परिक्षा सञ्चालनमा ढिला भएको समस्या एकातिर छ भने लिखित तथा ट्रायल परिक्षा दिन अव्यवस्थित बसेको लाईले हेर्दा झनै कोरोनाको त्रास बढ्दो देखिन्छ । यही सन्दर्भमा डिजिटल खवरका सहकर्मी सरोज राईको लेन्समा कैद भएका केही दृश्यहरु :