Advertisement

लघुजलविद्युत् बन्द हुँदा चार सय घरधुरी अन्धकारमा

0 726

Advertisement

१८ असाेज, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका छन् ।

च्युरीबोटस्थित विद्युत् गृहमा रहेको टर्वाइनको बेरिङमा खराबी आएपछि यही असोज १४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको सहकारीका अध्यक्ष नन्दबहादुर घर्तीले बताउनुभयो । सो परियोजनाको विद्युत् च्युरीबोट, ओखरबोट, महभिर, छाप, खतेन गाउँका ३९३ घरधुरीले उपभोग गरेका थिए । विद्युत् अभावमा उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने अवस्था आएको छ ।

सर्वसाधारणलाई साँझ र रातको समयमा घरायसी कामकाज गर्न, बालबालिकालाई अध्ययन गर्न तथा विद्युत्बाट मिल, फर्निचर उद्योग सञ्चालन गर्न समस्या भएको छ । सहकारीका अध्यक्ष घर्तीले बुटवलबाट अर्को बेरिङ ल्याउनुपर्ने भएकाले परियोजना मर्मतका लागि केही समय लाग्ने बताउनुभयो । आर्थिक अभावका कारण नयाँ बेरिङ खरिद र ढुवानी गर्न समस्या भएको उहाँको भनाइ छ । सो परियोजनाको सेवा क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार भएको छैन् । मालिका गाउँपालिका–४ को फूलबारी र गरजरामा मात्र केन्द्रीय लाइनको विद्युत् पुगेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.