Advertisement

हत्या आरोपमा दुई पक्राउ

0 326

Advertisement

१८ असाेज, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराउनुभएको थियो । किटानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरूको नाममा पक्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो । उक्त घटनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फरार रहेका र उनीहरूको खोजी जारी रहेको छ ।

युवा सङ्घ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भिरबाट लडेर गम्भीर घाइते भएका बताइएको थियो । घाइते युवकको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो । लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र विजयसँग भएकाले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको मृतकका बुबा भाटको दाबी रहेको छ । प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी पक्राउ परेकामथि र घटनाबारे अनुसन्धान गर्ने जनाएको छ ।

प्रहरी दिवसका अवसरमा वृक्षरोपण र मास्क वितरण

असोज २० गते रहेको ६६औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा बैतडीमा आइतबार प्रहरीले वृक्षरोपण र मास्क वितरण गरेको छ । दिवसको अवसरमा कार्यालय परिसरभित्र विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा गरी १६५ विरुवा रोपण गरिएको हो ।

वृक्षरोपणमा बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पाललगायत प्रहरी अधिकृत र कर्मचारी सहभागी रहेका थिए । जिल्लाका अन्य प्रहरी युनिटले पनी आ–आफ्नो कार्यालय परिसरभित्र वृक्षरोपण गरेको प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । एक प्रहरी एक वृक्षरोपणअन्तर्गत वृक्षरोपण गरिएको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालय बैतडी र सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी गोठलापानी बजारमा मास्क वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थामा बजारमा बिना मास्क हिँडडुुल गरिरहेका ३०० नागरिकलाई मास्क वितरण गरी सम्झाइबुझाइ गरी पठाएको बताइएको छ । ‘नेपाल माक्स अभियान’ अन्तर्गत ‘तपाईको माक्स खै’कार्यक्रमअन्तर्गत मास्क वितरण गरिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय पाटनले पनि २०० थान माक्स वितरण गरेको छ । दसैँतिहारको समयमा भीडभाड बढी हुने भएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.