Advertisement

सत्तारुढ गठबन्धन कार्यदलको बैठक, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल

0 201

Advertisement

१७ असाेज, काठमाडाैँ । मन्त्रिपरिषद् बिस्तार लगायतका विषयमा छलफल गर्न सत्तारूढ दलहरू कार्यदलकाे बैठक बालुवाटरमा बसेकाे छ । बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन कार्यदलको  बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधि सहभागी छन् ।

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार  ‘अहिले पाँच दलको बैठक जारी छ । बैठकमा केही निर्णय भयो भने लगत्तै माओवादी केन्द्रकाे स्थायी समिति बैठक बस्छ,’ सचिव ढकालले भन्नुभयो आज बस्ने बैठकमा मन्त्रिमण्डल विस्तारका लागि नेताहरुको नाम टुङ्गो लगाउँछ ।’ जानकारी दिनुभयो ।

आइतबार बस्ने स्थायी समिति बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छनोट गर्ने बताइएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आइतबार बस्ने बैठकले मन्त्री बन्ने नेताको नाममा छलफल गरेर टुङ्ग्याउने बताउनुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.