Advertisement

ट्राफिक प्रहरीलाई वर्ल्डलिंक कम्युनिकेशन्सद्वारा विद्युतीय स्कूटर हस्तान्तरण

0 868

Advertisement

१४ आश्विन, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार एक कार्यक्रमवीच ट्राफिक प्रहरीलाई एउटा विद्युतिय स्कूटर प्रदान गरेको छ।

वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले बिद्युतिय स्कूटर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका हुन्।

एसएसपी भट्टराईले वर्ल्डलिंकलाई धन्यवाद दिँदै प्राप्त स्कूटरलाई सार्वजनिक सवारी साधनहरूमा छुट्याईएको आरक्षण सिट, सवारी भाडा, स्वास्थ्य मापदण्ड कार्यान्वयनको अनुगमन तथा ट्राफिक व्यवस्थापन गर्न २ जना महिला ट्राफिक प्रहरी परिचालन गरिने बताए। “स्कुटरलाई भरपुर उपयोग गरी ट्राफिक प्रहरीको काम कारबाहीमा प्रयोग गरिने छ, यसले थप प्रभावकारी रुपमा काम गर्न सहयोग गर्ने र सडक व्यवस्थापन तथा अनुगमनमा सहजता प्रदान गर्नेछ,” उनले भने।

स्कुटरको चावी हस्तान्तरण गर्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्यालाई समाधान गर्न स्कूटरको प्रयोगबाट थप सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने बताए। उनले वातावरणमैत्री स्कूटरले ध्वनी प्रदुषण तथा वातावरण प्रदुषणमा समेत योगदान गर्ने बताए।

उक्त कार्यक्रममा महाशाखाका उच्च प्रहरी अधिकृत तथा वर्ल्डलिंकका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.