Advertisement

युट्युबले कोभिड खोप विरुद्धका सबै सामग्री ब्लक गर्ने

0 605

Advertisement

१४ आश्विन, एजेन्सी । युट्युबले एन्टी-भ्याक्सिन अर्थात कोभिड खोप विरुद्धका सबै सामग्री ब्लक गर्ने भएको छ । यसमा कोभिड -१९ भन्दा बाहिर गएर भ्याक्सिनले स्वास्थ्यमा गम्भीर असर पार्ने वा खोपमा रहेका पदार्थहरुको बारेमा गलत सूचना दिने जस्ता सामग्रीहरु समेत समावेश हुने हालै आफ्नो ब्लग पोस्टमा उल्लेख गरेको छ।

अल्फाबेट इंकको स्वामित्वमा रहेको अनलाइन भिडियो कम्पनीले प्रमुख खोप विरोधी कार्यकर्ताहरुलाई समेत प्रतिबन्ध लगाईरहेको छ।

यसमा धेरै च्यानलहरु बन्द गरीरहेको वाशिंगटन पोस्टले बुधवार ग्लोबल ट्रस्ट एण्ड सेफ्टीका युट्युब उपाध्यक्ष म्याट हलप्रिनलाई उदृत गर्दै रिपोर्ट गरेको छ।

यसरी प्रतिबन्धित हुनेमा रोबर्ट एफ केनेडी जूनियर र जोसेफ मर्कोला, जो लामो समय देखि खोप विरोधी आन्दोलनमा उच्च प्रोफाईल व्यक्तित्वहरु हुन्।

यो कदम यूट्यूब र फेसबुक इंक र ट्विटर इंक जस्ता अन्य टेक जायन्टहरुले उनीहरुको साइटहरुमा गलत स्वास्थ्य जानकारीको प्रसारलाई रोक्नको लागी पर्याप्त नगरेको कारण आलोचना गरिएको पछि आएको छ।

युट्युबले गलत सूचनामा एक कडा अडान लिन्छ, यदपी यसले विश्वभर चर्को प्रतिक्रियाको सामना गर्दछ।

मंगलबार, रूसी राज्य समर्थित प्रसारक आरटीको जर्मन भाषा च्यानलहरु युट्युबबाट हटाइएको थियो, किनकि यी च्यानलहरुले यसको कोभिड १९ को गलत सूचना नीति भंग गरेको कम्पनीले बताएको छ।

रुसले बुधबार यो कदमलाई “अभूतपूर्व सूचना आक्रामकता” भन्यो र युट्युब बन्द गर्ने धम्की दियो। एजेन्सीहरूबाट

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.