Advertisement

आमनागरिकलाई राहत दिन निर्देशन

0 190

Advertisement

१३ असाेज, काठमाडौँ गृहमन्त्री बालकृष्ण खाणले दशैँ, तिहार र छठलगायत विभिन्न चाडपर्वलाई लक्षित गरिएको विशेष सुरक्षा योजना आमनागरिकलाई राहतको अनुभूति हुने गरी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
चाडपर्व लक्षित उपत्यकाको शान्ति सुरक्षा व्यवस्था र बजार अनुगमनका सम्बन्धमा सरोकारवाला निकायका प्रमुखसँग गृह मन्त्रालयमा मङ्गलबार भएको छलफलमा उहाँले सुरक्षा योजना लागू गरेसँगै यसको कार्यान्वयन पक्षमा जोड दिनुभयो ।

अहिलेको सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि शान्ति सुरक्षा तथा बजार व्यवस्थापन सहज हुनुपर्छ । उपभोक्ताले महँगो मूल्यमा र म्याद गुज्रेको वस्तु किन्नुपर्ने अवस्था आउन दिनुहुँदैन उहाँले भन्नुभयो नागरिकलाई अनुभूति हुने किसिमले सुरक्षा व्यवस्थापन गर्नुहोस् ।

मन्त्री खाणले चाडपर्व लक्षित सुरक्षा योजना राम्रो र आकर्षक भए पनि त्यसको सफल कार्यान्वयनसँगै परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै जसरी हुन्छ उपलब्ध स्रोत र साधन उपयोग गरी विगतका वर्षभन्दा यो वर्ष उत्कृष्ट हुनुपर्छ भन्नुभयो ।
उहाँले प्रहरी र निजामती कर्मचारीले अभियानका रूपमा चलाएको मुस्कानसहितको सेवा व्यवहारमा देखा नपरेको गुनासो पनि गर्नुभयो । उहाँले राज्यले प्रदान गर्ने सेवा नागरिकको हितका लागि भएको र नागरिक राज्यका लागि भएको कुरा सबैले मनन गर्नुपर्छ भन्नुभयो ।

गृहमन्त्री खाणले भारी वर्षाका कारण अवरुद्ध सडक बाटो, पहिरो, खाल्डाखुल्डी मर्मत सम्भारका कार्य आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर चुप लागेर नबस्न आग्रह गर्दै पहिरो हटाउनेदेखि सडकको खाल्डा पुर्ने कसको क्षेत्राधिकारमा पर्ने हो, त्यो निकायलाई घच्घच्याउन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभयो ।

गृहसचिव टेकनारायण पाण्डेले आमनागरिकलाई मेरो साथमा राज्य वा सरकार छ भन्ने कुराको अनुभूति दिलाउन सके मात्र विशेष सुरक्षा योजना लागू गरेको सार्थकता मिल्ने बताउँदै सरकारको सफलता प्रभावकारी सेवासँग सम्बद्ध हुने भएकाले त्यस विषयमा ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो ।

हाँले चाडपर्वका बेलामा हुने कालोबजारी, महँगी, ठगी, म्याद गुज्रेका खाद्य सामग्रीको बिक्री वितरण, चोरी डकैतीजन्य अपराध, दुर्घटना, चन्दा असुली र गुण्डागर्दीलगायत सामाजिक विकृति नियन्त्रण गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई गम्भीर बन्न निर्देशन दिनुभयो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंह, ललितपुर प्रहरी प्रमुख एसएसपी किरण वज्राचार्य र भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठले चाडपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी दिनुभएको थियो ।

त्यस्तै महानगरीय टा«फिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) जनकराज भट्टराईले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना नियन्त्रणका लागि सञ्चालित ट्राफिक सुरक्षा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.