Advertisement

जिससमार्फत पालिकामा रु ४१ करोडको काम

0 208

Advertisement

०५ असाेज, चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनमार्फत जिल्लाका सात पालिकामा रु ४१ करोड बढीका काम सम्पन्न भएका छन् । समितिको मौज्दात कोषबाट रु ४१ करोड १९ लाख रकम विनियोजन गरी काम गरिएको हो ।

जिससले सबैभन्दा बढी रकम भरतपुर महानगरपालिकाका योजनामा खर्च गरेको छ । उक्त रकम पालिकामा प्रशासनिक भवन, वडा कार्यालय, विद्यालय भवन, स्वास्थ्य संस्था, खानेपानीलगायतमा खर्च गरिएको छ । जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार भरतपुर महानगरपालिकामा प्रशासनिक भवनका लागि रु एक करोड १० लाख, ११ वटा वडा कार्यालयका लागि रु चार करोड १३ लाख, ४५ वटा विद्यालय भवनका लागि रु तीन करोड ९९ लाख, तीन स्वास्थ्य संस्थाका लागि रु २३ लाख, छ खानेपानी आयोजनाका लागि रु २० लाख र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु ६० लाख गरी रु १० करोड २५ लाख खर्च गरिएको छ ।

जिससले खैरहनी नगरपालिकाका विभिन्न योजनामा रु छ करोड चार लाख खर्च गरेको छ । खैरहनीमा प्रशासनिक भवनका लागि रु एक करोड ६० लाख, छ वडा कार्यालयका लागि रु दुई करोड ५५ लाख, नौ विद्यालय भवनका लागि रु एक करोड ४९ लाख, तीन खानेपानी योजनाका लागि रु ४० लाख खर्च गरिएको डल्लाकोटीले जानकारी दिनुभयो ।

यस्तै रत्ननगर नगरपालिकाका विभिन्न आयोजनामा रु पाँच करोड ७८ लाख जिससले खर्च गरेको छ । प्रशासनिक भवनमा रु २० लाख, १२ वडा कार्यालयका लागि रु दुई करोड ७२ लाख, ११ विद्यालय भवनमा रु एक करोड २६ लाख, तीन स्वास्थ्य संस्थामा रु एक करोड २५ लाख र दुई खानेपानी आयोजनामा रु ३५ लाख बजेट खर्च भएको छ ।

राप्ती नगरपालिकामा रु पाँच करोड २८ लाख बराबरका योजना सम्पन्न भएका छन् । जसमध्ये प्रशासनिक भवनमा रु दुई करोड ५० लाख, पाँच वडा कार्यालयमा रु एक करोड २२ लाख, आठ विद्यालय भवनमा रु ७६ लाख, दुई स्वास्थ्य संस्थामा रु २० लाख, पाँचवटा खानेपानी आयोजना रु ६० लाख खर्च भएको उहाँले जानकारी दिनुभयो ।

कालिका नगरपालिकामा प्रशासनिक भवनमा रु दुई करोड, आठ वडा कार्यालयमा रु तीन करोड पाँच लाख, चारवटा विद्यालय भवनमा रु १७ लाख, एउटा स्वास्थ्य संस्थामा रु १५ लाख, एउटा खानेपानी आयोजनामा रु आठ लाख जिससले खर्च गरेको छ । सो नगरपालिकामा सबै योजनामा गरी रु पाँच करोड ४५ लाख बजेट खर्च भएको छ ।

माडी नगरपालिकामा रु चार करोड १४ लाख बराबरका योजना सम्पन्न भएका छन् । जसमध्ये प्रशासनिक भवनका लागि रु एक करोड ५० लाख, तीन वडा कार्यालयका लागि रु ९५ लाख, आठ विद्यालय भवनका लागि रु ९९ लाख, दुई स्वास्थ्य संस्थाका लागि रु ३५ लाख र दुुई खानेपानी आयोजनाका लागि रु ३५ लाख खर्च भएको छ ।

जिससले जिल्लाको एउटा मात्रै गाउँपालिका इच्छाकामनामा विभिन्न आयोजनामा रु चार करोड २५ लाख खर्च गरेको छ । जसमध्ये प्रशासनिक भवनमा रु एक करोड ४० लाख, चारवटा वडा कार्यालय रु एक करोड २० लाख, ११ वटा विद्यालय भवनमा रु ७५ लाख, दुईवटा स्वास्थ्य संस्थामा रु ३० लाख, छ खानेपानी आयोजनामा रु ६० लाख खर्च भएको छ ।

जनप्रतिनिधि आएसँगै यी आयोजनामा जिससले बजेट पठाएको हो । गत वर्षको पुसयता काम भइरहेका आयोजनाको कूल बजेट आउन बाँकी रहेको डल्लाकोटीले बताउनुभयो । कार्यालयमा वार्षिकरूपमा उठ्ने घरभाडा, पहिले–पहिले आउने मालपोतको राजस्व, नदीजन्य बोलपत्रका रकमलगायतका आन्तरिक आम्दानीबाट सङ्कलित मौज्दात रकम ती आयोजनामा खर्च गरिएको हो ।

डल्लाकोटीका अनुसार प्रदेश सरकारबाट प्राप्त रकम विभिन्न कार्यक्रममा खर्च गरिएको छ । यससँगै जिससले उपलब्ध गराएको जग्गामा अत्याधुनिक सिटीहल निर्माण भइरहेको छ । डल्लाकोटीले भन्नुभयो, “म आफू प्रमुख भएपछि जिसस परिसरमा सिटीहल बनाउने अवसर मिल्यो ।

यसलाई राम्रो अवसरका रूपमा हामीले लिएका छौँ ।” भरतपुर महानगरपालिकाले अन्यत्र जग्गा खोजी गर्दा पाउन कठिन भएपछि जिल्लाको गौरवको आयोजना हुने भएकाले जिससले सिटीहल निर्माणका लागि जग्गा दिएको उहाँको भनाइ छ । सो जग्गामा महानगरको स्वामित्वमा लगेर सिटीहल निर्माणको काम भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`




मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.