Advertisement

लुम्बिनी प्रदेश सरकारले १० बिधामा ५७ जनालाई विभूषित गर्ने

0 353

Advertisement

०३ असाेज, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले विभिन्न १० विधाका प्रदेश पदकले विभूषित गर्ने घोषणा गरेको छ । संविधान दिवसका अवसरमा प्रदेश सरकारले हरेक वर्ष घोषणा गर्ने विभूषितको नाम सरकारले गठन गरेको पदक सिफारिस समितिको सिफारिसानुसार आज प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो । सरकारले आज घोषणा गरेका ५७ पदक बिभूषितलाई प्रदेश स्थापना दिवसका अवसरमा आगामी फागुन ३ गते बिभूषण प्रदान गरिने छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रदेशको प्रमुख बिभूषण प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट विसं २०३६ कात्तिक ३१ मा अखिल भारतीय नेपाली एकता समाज स्थापना गरी संस्थापक सदस्य, नेपालको प्रजातान्त्रिक अन्दोलनका लागि भारतमा दर्जनौं पटक गिरफ्तार भएका, गणतन्त्र प्राप्तिका लागि नेपालमा भएको आन्दोलनमा सहभागी भएका अर्घाखाँचीका भक्तिप्रसाद आचार्य(राजु नेपाली) लाई बिभूषित गर्ने घोषणा गरिएको छ ।

यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ बाट अधिकार र पहिचानको अन्दोलनमा विगत ६० वर्षदेखि अग्रपङ्तिमा रही कार्य गरेका र राणा शासनको समयमा जनही प्रथाविरुद्ध अवाज उठाएको, किसानको शाहदतपछि सोको याद झल्काउने अजिगरा स्तम्भ निर्माण गरेका कपिलवस्तुका रामवरण यादव र गणतन्त्र प्राप्तिको आन्दोलनमा शहीद भएका रुकुम पूर्वका प्रेम मल्ल तथा दिलमाया विक पतिपत्नीलाई विभूषित गरिने घोषणा गरिएको छ ।

यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ बाट बाँकेका माताप्रसाद कुर्मी र गुल्जार खान, शसस्त्र द्वन्द्वमा बेपत्ता भएकी बर्दियाकी निर्मला योगी तथा शसस्त्र द्वन्द्वमा शहीद भएकी रोल्पाकी लली रोकालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ । यस्तै मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ १ बाट गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सहभागी भई योगदान गरेका गुल्मीका ९२ वर्षीय बामपन्थी नेता कर्णबहादुर क्षेत्री लाई प्रदान गरिने भएको छ ।

मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बाट बर्दियाका शसस्त्र द्वन्द्वका घाइते टीकाराम थारु (घाइते) र सङ्घीयता तथा गणतन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा सहभागी भएका रोल्पाका तेजकुमारी वली लाई प्रदान गरिने भएको छ । यस्तै प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रदेश सेवा समर्पण ‘क’ एक जनालाई, प्रदेशसेवा समर्पण ‘ख’ १५ जनालाई, प्रदेशसेवा समर्पण ‘ग’ दुई जनालाई दिइने उल्लेख छ ।

यस्तैगरी उजिरसिंह दीप पदक ‘ख’ चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’ दुई जनालाई, समाजसेवा श्री पदक ‘क’ एक जनालाई, ‘ख’ आठ जनालाई, ‘ग’ दुई जनालाई, प्रदेशरत्न पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, पुथाश्री शिखर पदक ‘ग’ एक जनालाई, प्रदेश प्रज्ञा पदक ‘ख’ दुई जनालाई दिइने जनाइएको छ । यस्तै प्रजापति गौतमी पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, दङ्गीशरण बलिहाङ पदक ‘ख’ एक जनालाई र ‘ग’ एक जनालाई दिइने राजपत्रमा जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.