Advertisement

लिटमस केबलको ब्राण्ड एम्बेस्डरमा राजेश हमाल र मधु भट्टराई नियुक्त

0 456

Advertisement

२५ भदौ, काठमाडौं । लुम्बिनी विद्युत् उद्योगले ब्राण्ड एम्बेस्डरमा राजेश हमाल र मधु भट्टराईलाई नियुक्त गरेको छ । कम्पनीले आगामी २ वर्षका लागि हमाल र भट्टराईलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

कम्पनीले प्रबद्र्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रममा उनीहरुको उपस्थिति रहनेछ ।

लुम्बिनी विद्युत् उद्योग सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिील रेइनफोर्स्ड निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइको छ ।

‘कम्पनीले हालै एड्भान्स जर्मन प्रविधियुक्त मेसिन प्रयोग समेत गर्दै आइरहेको छ,’ कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने ।

‘ब्राण्ड एम्बेस्डरमा हामीलाई नियुक्त हुनअघि कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अवलोकन एवम् जानकारी हासिल गर्यौं । वास्तवमै यस्तो एड्भान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत् केबल उत्पादन गर्ने सम्भवतः यो नै पहिलो नेपाली कम्पनी हो भन्नेमा हामी विश्वस्त भयौं,’ राजेश हमालले भने ।

लुम्बिनी विद्युत उद्योग नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक हो । यो रमेश कर्पको भगिनी संस्थाका रुपमा रहँदै आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र बुटवलमा अवस्थित छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.