Advertisement

एक हजार २४ थपिए, दुई हजार १९५ कोरोनामुक्त, नौ जनाको मृत्यु

0 240

Advertisement

१९ भदाै, काठमाडाैँ । नेपालमा कोरोनाभाइरसका एक हजार २४ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा छ हजार ७५३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ६८ हजार २९५ पुगेको छ । हालसम्म ३९ लाख ५२ हजार ९४२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार १९५ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म सात लाख २५ हजार ६५१ जना कोरोनामुक्त भएका छन् । गएको चौबीस घण्टामा नौ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८१८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयले हाल नेपालमा ३१ हजार ८२६ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.