सानिमा लाइफ इन्स्योरेन्सको दोश्रो बजारमा किनबेच शुरु
१७ भदौ, काठमाडौं । दोश्रो बजारमा सानिमा लाइफ इन्स्योरेन्सको आज भदौ १७ गतेदेखि पहिलो सेयर कारोबार भएको छ । भदौ १६ गते नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर आजबाट दोश्रो बजारमा किनबेच शुरु भएको हो ।
यससँगै कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०९ रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको अधिकतम रेञ्ज थियो । कम्पनीको १० कित्ता सेयर प्रतिकित्ता ३०९ रुपैयाँमा भएको छ ।
नेप्सेले इन्स्योरेन्सको पहिलो कारोबारको लागि न्युनतम १०३.१७ रुपैयाँ र अधिकतम ३०९.५१ रुपैयाँ तोकेको थियो ।
नेप्सेमा इन्स्योरेन्सको सिम्बोल ‘एसएलआई’ दिइएको छ ।