नेपाल भर्सेस भारतको फुटबल म्याच हेर्न रंगशालमा ५१ सय दर्शकलाई अनुमति, यस्ताे छ शर्तहरु
१६ भदौ, काठमाडौं । भोली र आइतवार हुन लागेको हुने नेपाल भर्सेस भारतको फुटबल म्याच दर्शकले रंगशाला भित्र गएर हेर्न पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले दर्शकलाई स्वास्थ्य मापदण्ड पुरा गरेर हेर्न दिन अनुमति दिएको हो।
५ हजार १ सय दर्शकलाई दशरत रंगशालामा हेर्न जाने प्रशासनले अनुमति दिएको नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। यसरी दशरद रंगशाला खेल हेर्न जाने दर्शकले अनिवार्यरुपमा कोरोनाको पिसिआर परिक्षण अथवा कोरोना बिरुद्धको पूर्ण खोप लगाइसकेको हुनुपर्ने छ।
काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। यो समयमा २५ जना मानिस भेला हुन, सभा समारोह नगर्न अपिल गरिएको छ
कोभिड महामारीका कारण पछिल्लो समय खेलहरू बन्द रङ्गशालामा भएका थिए। यसअघि नेपाल सुपर लिग (एनएसएल) बन्द रङ्गशालामा भएको थियो भने त्यसअघि नेपाल, नेदरल्याण्डस र मलेसियाबिचको त्रिदेशीय क्रिकेट सिरिजका पछिल्ला खेलहरू पनि बन्द रङ्गशालामै सम्पन्न भएको थियो।
नेपाल र भारत दुवै साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सको तयारीमा छन्। प्रतिस्पर्धाका लागि भारतीय टोली सोमवार नेपाल आइसकेको छ।