Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कृष्ण मन्दिरहरुमा भक्तजनको भीड

0 106

१४ भदाै, काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानै भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्।

हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।

धर्मग्रन्थमा उल्लेख भएअनुसार नै सोमबार पाटनको कृष्ण मन्दिरमा पूजा आराधना भएको छ ।कृष्णकै जस्तो पोशाकमा सजिएका बालबालिकारू अभिभावकसँगै मन्दिर पुगेका छन् ।

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्गे गर्छ । पछिल्लो वर्षहरुमा भने कोरोनाका कारण मन्दिरमा भीड कम भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.