सरकारसँगको समन्वयमा सडकको फोहोर छिट्टै व्यवस्थापन गर्छौं : मेयर शाक्य

0 990

१४ भदाै, काठमाडाैँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताएका छन्।

बञ्चरे डाँडामा निर्माणधीन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख शाक्यले वर्षाका कारण फोहोर व्यवस्थापनमा समस्या भएको बताए।

केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो विग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा कठिनाइ भरहेको शाक्यले बताए। ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ शाक्यले भने, ‘त्यहि कारण पनि केही दिनदेखि पूर्ण रुपमा फहोर उठाउन नसेकका हौँ।’

छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौं बनाउने प्रतिवद्धतासमेत उनले व्यक्त गरे। वर्षाका कारण बिग्रिएको सिसडोलसम्म जाने बाटो बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहोर छुट्याएर सहरलाई दुर्गन्ध कम गर्ने प्रयासमा लाग्नसमेत उनले आग्रह गरे।

फोहोर व्यवस्थापनका लागि सरकारसँग समन्वय भइरहेको उनले जानकारी दिए। ‘नियमित रुपमा जति फोहोर व्यवस्थापन हुनुपर्ने हो त्यो तत्कालका लागि सकिरहेका छैनौं,’ उनले भने, ‘त्यसका लागि हामीले नेपाल सरकारसँग समन्वय गरिरहेका छौं।’

अहिले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट सहरी विकास मन्त्रालयले बनाइरहेको स्मरण गराउँदै उहाँले फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको बताए। मन्त्रालयले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट निर्माण सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा फोहोर व्यवस्थापन सहज हुने उनको भनाइ छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.