Advertisement

बाग्लुङ समाज पाेर्चुगलकाे आसन्न अधिबेशन ,नँया नेतृत्वको लागि अबसर र चुनाैतिहरु

0 1,530

Advertisement

याेगेन्द्र खरेल,

१० भदाै, लिस्वाेन पाेर्चुगल ।
नेपालीहरुकाे उल्लेख बसाइँ रहेकाे पाेर्चुगलमा विभिन्न पार्टीगत, जातिय, क्षेत्रिय, लिङ्गीय विभिन्न प्रकारका संघसंस्थाहरु स्थापना भएका छन । प्रायःजसो संघसंस्थाहरु राजनीतिक रुपरंगले थिलाेथिलाे पारिरहेका छन । अझ अचम्मकाे कुरा त के छ भने हामी सबैकाे साझा प्रिय संस्था रहनु पर्ने NRNA पाेर्चुगल राजनीतिक फाेहाेरिपन ले गर्दा डङ्गुर जस्तै गनाउन थालेकाे छ । यहि राजनीतिक आग्रहपुर्वाग्रहकाे कारण पाेर्चुगलमा दुईवटा NRNA गठन भएका छन । जसमध्ये एउटा धाँधली गरेर जितेकाे भनिएकाे निर्वाचित NRNA पाेर्चुगल र अर्काे स्वघाेषित NRNA पाेर्चुगल । पाेर्चुगलमा रहेका केही अन्य संस्थाहरु पनि राजनीतिक रंगकाे कारण टुक्रिएर समानान्तर संस्थाहरुका रुपमा चलिरहेका छन । यी र यस्तै गतिविधिहरुका कारण यहाँ रहेका अधिकांश संघसंस्था प्रति यहाँ रहेका नेपालिहरु वितिष्ण छन । तर केही क्षेत्रिय संघसंस्थाहरुमा चाहिँ देखिने गरि राजनीतिक गतिविधिहरु भएकाे पाईएकाे छैन, आज सम्म ।

केही क्षेत्रिय रुपमा खाेलिएका संघसंस्थाहरुले आंशिक रुपमा भएपनि सन्ताेषजनक कार्यसम्पादन गरेकाे पाईन्छ । यसरी क्षेत्रियरुपमा खाेलिएकाे एउटा संस्था हा, “बाग्लुङ समाज पाेर्चुगल ´´। अन्य संघसंस्थाहरुकाे तुलनामा केही सक्रियता जनाएकाे र आंशिकरुपमा भएपनि सन्ताेषजनक कार्यसम्पादन गरेकाे बाग्लुङ समाज पाेर्चुगलले , नयाँ नेतृत्वको लागि यहि सेप्टेम्बर ५ तारिखमा आफ्नाे अधिबेशन गर्दै छ । बाग्लुङ समाज पाेर्चुगल अहिले, प्रेम बहादुर खड्काले नेतृत्वमा पाेर्चुगल मा सक्रिय छ । उनकाे नेतृत्वमा काेराेना प्रभावित बाग्लुङ समाज संग आबद्ध विभिन्न ब्यक्तिहरुलाई सहयाेग पुर्याउने, बाग्लुङका विभिन्न अस्पतालहरुमा सहयोग रकम पुर्याउने साथै विभिन्न बिपत्तिहरुमा परेका परिवारलाई सहयाेग पुर्‍याउने कार्य कुसलतापुर्वक गर्याे र गर्दै आइरहेकाे छ । यधपी बाग्लुङ जिल्लाबाट पाेर्चुगल बसाेबास गर्ने ब्यक्तिहरुकाे तथ्यांक संकलन गर्ने, आर्थिकब्यवस्थापन लागि निरन्तरका स्रोतहरुकाे खाेजि गर्ने, नँया आएका साथिहरुकाे सहयाेगका लागि हेल्पडेस्क राख्ने लगाएतका पाेर्चुगलमा बस्ने बाग्लुङेेेहरुलाई प्रत्येक्ष प्रभावित पार्ने कार्यक्रमहरु ल्याउने र त्यसकाे कार्यान्वयन गर्ने कुरामा कहिकतै ध्यान नपुगेकाे हाेकि भन्ने गुनासो सुन्ने गरेकाे पाइन्छ ।

याे कार्यसमितिले सहयोग संकलन अभियान शुरुगर्याे र संस्थाकाे आर्थिक हैसियत मजबुत बनाउने कार्य गर्याे । यसरी आंशिकरुपमा भएपनि सन्ताेषजनक कार्यसम्पादन गरेकाेमा बाग्लुङ समाज पाेर्चुगलका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई सबैले धन्यवाद दिनु नै पर्ने हुन्छ । प्रदेशकाे ठाउँ आफ्नो दुखसुखकाे काम बाट समय बचाएर समाजसेवा गर्नु कम चुनाैति पुर्ण हाेईन । त्यसैले याे महान कार्यमा लाग्ने सम्पूर्ण ब्यक्तिहरु धन्यवादका पात्र हुन र हुनै पर्दछ ।

यहि सेप्टेम्बर ५ तारिखमा भब्य र सभ्य कार्यक्रम का साथ आफ्नाे अधिबेशन सम्पन्न गर्ने तयारि गरेकाे छ बाग्लुङ समाज पाेर्चुगलले, याे अन्य संघसंस्थाहरुले नजिकबाट नियाल्नुुुपर्ने र सिक्नुपर्ने हुनसक्छ । जसरि राजनीति रंग नदेखिने गरि बाग्लुङ समाज पाेर्चुगलले याे कार्यकाल सम्पन्न गर्याे यसकाे लागि संस्थाकाे नेतृत्व गरिरहेका अध्यक्ष खड्का, अन्य पदाधिकारीहरु र सल्लाहकारहरूकाे अर्काे प्रशंसा गर्न याेग्य काम हाे अब पनि राजनीतिक आग्रहपुर्वाग्रह भन्दा माथि उठेर नया नेतृत्व चयन गर्न र नेतृत्व हस्तान्तरण गर्न सफल रहाेस धेरै धेरै शुभकामना बर्तमान कार्यसमितिलाई ।

अन्य अधिकांश संघसंस्था प्रति बितिष्णा बढ्दै गइरहेकाे बेला कुसलता पुर्वक कार्यसम्पादन गर्न सकेमा बाग्लुङ समाज पाेर्चुगल , बाग्लुङेहरुकाे मात्र नभई पाेर्चुगलमा रहेका सबै नेपालीहरुकाे साझा संस्थाकाे रुपमा स्थापित हुनसक्दछ । यसकाे लागि नया आउने नेतृत्वले सुझबुझपुर्णरुपमा कार्यसम्पादन गर्न सकेमा याे संस्थाकाे साख बढाउन सक्नेछ । यसले संस्थाकाे साख बढ्नुका साथै नेतृत्व र समग्र टिमकाे कार्यसम्पादनकाे सबैले उच्च मुल्यांकन गर्ने नै छन । यदि उचित नेतृत्वकाे साथमा राम्रो टिम बनाएर अगाडि बढेमा केही सफलता हासिल गर्न सकिन्छ भन्ने कुराकाे उदाहरणकाे लागि बर्तमान कार्यसमितिलाइ हेर्दा पनि हुन्छ ।

बाग्लुङ समाज पाेर्चुगलकाे नँया नेतृत्वको सामु अबसर र चुनाैति समान छन । सबै प्रकारका चुनाैतिहरूलाई कुशलतापुर्वक समाधान गर्न सकेमा नेतृत्वको लागि अरु थप अबसरहरु प्राप्त हुनसक्छन ।

अब कुरा गराै ,बाग्लुङ समाज पाेर्चुगलकाे नयाँ नेतृत्वका लागि केहि चुनाैतिहरु , । हामी प्रदेशमा छाै, हामिमध्ये अधिकांश राेजगारि गरेर जिविकाेपार्जन गर्ने बर्गका छाै। केही व्यावसायि हुनुहुन्छ । समय व्यवस्थापन गर्न आफ्नै व्यावसाय भएकाहरुलाई जति सहज हुन्छ अन्य लाई त्यति सहज नहुन सक्छ । त्यसैले पहिलो चुनाैति भनेकाे समय व्यवस्थापन नै हाे । हुन त केही गर्छु भन्ने ईच्छाशक्ति भएकाहरुकाे लागि अन्य कुरा गाैण हुन्छन् भन्ने गरिन्छ ।

दाेस्राे चुनाैति भनेकाे , बाग्लुङेेेहरुकाे तथ्यांक संकलन । यदि कुनै पनि याेजना तर्जुमा गर्नुछ भने त्यससंग सम्बन्धितहरुकाे तथ्यांक संकलन निकै महत्त्वपूर्ण हुन्छ। हाम्रा समाजिक संस्थाहरु प्रतिकाे बितिष्णाकाे कारण तथ्यांक संकलन नै निकै ठुलाे चुनाैति बनेकाे छ । कुन संस्थामा लागेर पाे के हुन्छ र ? भन्ने आम मानिसको मुखबाट निस्कने पहिलाे प्रश्न हाे । यहि प्रश्नकाे कारण तथ्यांक संकलन थप चुनाैतिपुर्ण बन्दै गइहरेकाे छ । जबसम्म केही राम्रा काम गरेर , ल है बाग्लुङ समाजले गर्छ है भन्ने प्रभाव पार्न सकिँदैन तब सम्म यसलाई सहजै अगाडि बढाउन सकिँदन । याे कार्य गर्न बर्तमान समितिले गाेरेटाे खनेका कारण आगामी नेतृत्वलाई प्रभाव बढाउन केही सहज हुने नै छ ।

अर्काे निकै ठुलाे चुनाैति भनेकाे कार्यसम्पादन नै हाे । प्रदेशमा नबआगन्तुक मानिसहरुका बिभिन्न समस्याहरुका चाङ नै छन र ती सबै समस्याहरु संघसंस्थाहरुले नै विभिन्न माध्यमबाट पूरा गरिदिए हुन्थ्यो भन्ने अपेक्षा गर्नेहरुकाे पनि कमि छैन । मैले संस्थालाइ के दिए भन्नु भन्दा पनि मलाई त्याे संस्थाले के दियाे ? भन्ने मानसिकताबाट गुज्रिरहेका हामिहरुकाे मानसिकताकाे बिच कार्यसम्पादन गर्नु कम चुनाैति पुर्ण पक्कै हुने छैन । यहाँ वढ्दै गरेका आप्रवासीहरुकाे संख्या , बढ्दै गरेका चुनाैतिहरुका व्यवस्था गर्दै सबै पक्षलाई मिलाएर अगाडि बढ्ने र राम्रो कार्यसम्पादन गर्ने कुरा सबै भन्दा महत्त्वपूर्ण हाे । याे काम उत्कृष्ट नेतृत्वले नै गर्न सक्छ ।

अर्काे चुनाैति भनेकाे आर्थिक व्यवस्थापन नै हाे । सहयाेग मागेर पैसा जम्मा गर्नुलाई आर्थिक व्यवस्थापन गरेकाे भन्न मिल्दैन याे आर्थिक संकलन हाे । उचित आर्थिक व्यवस्थापनकाे लागि संस्थाका आर्थिक क्रियाकलापहरु निरन्तर चलिरहेकाे हुनुपर्दछ । यसकाे लागि संस्थाले आफुसंग प्रभावित सबैकाे विश्वास जित्न सक्नुपर्ने हुन्छ । हामीले मनाउने व्यक्तिगत , पारिवारिक तथा सामाजिक उत्सवहरुलाई बाग्लुङ समाज संगै मनाउने परिपाटीको बिकास गर्ने , प्रत्येक सदस्यहरुले मासिक कम्तिमा पनि ५ युरो काे दरले जम्मा गर्ने जुन रकम नितान्त ती व्यक्ति र उसका परिवारमा आइपर्ने आपत्कालिन समस्याहरु मा खर्च गर्ने परिपाटीकाे बिकास र ग्यारेन्टी गर्ने यी र यस्ता अभियानहरु ले नै , संघसंस्थाका निरन्तर आर्थिक व्यवस्थापन गर्न सकिन्छ । यी कार्य गर्न सजिलाे छैन तर सबैकाे मन जित्ने गरि कार्य गर्न सक्यैा भने गाह्रो चाहिँ हुँदै हुद‌ैन ।

कुन बाग्लुङे कहाँ छ, कस्ताे हालतमा छ । उसकाे बर्तमान अबस्था कस्ताे छ । राेजगार , व्यापारव्यावसाय गरेकाे छ कि । काम नपाएर भाैतारिएर हिड्न बाध्य छ कि , खाएकाे छ कि खान पाएकाे छैन , बस्ने काेठा पाएकाे छ कि पाएकाे छैन । यी र यस्ता कुराहरुकाे तथ्यांक निरन्तर अपडेट गरिरहनुपर्ने हुन्छ । हाम्रो पहिलाे प्राथमिकता भनेकाे दुखपिडामा भएकाहरुकाे दुखमा साथ दिने नै हुनुपर्दछ। दुखमा परेकाहरुलाइ बाग्लुङ समाज पाेर्चुगलले साथ दिने र दुखमा नपरेकाहरुले बाग्लुङ समाज पाेर्चुगललाई साथ दिने कार्य निरन्तर चलाइरहनु पर्दछ । यसरी दुइअवस्थामा रहेका मानिसहरु बिचकाे सुखदुखमा साथ दिने काममा ,यस संस्थाले पुलकाे रुपमा कार्य गर्नु पर्दछ । जसरि पुलले दुईवटा किनाराहरुलाई जाेड्ने कार्य गर्दछ ।

निरन्तर सकरात्मक कार्य सम्पादन गर्ने र त्यसकाे उचित संचार गर्ने । यसाे गर्दा बाग्लुङ समाजले राम्रो काम गर्छ है भन्ने म्यासेज प्रवाह हुन जान्छ अनिमात्र सबैलाई गाेलबन्ध बनाएर अगाडि बढ्न सकिन्छ । याे सहज काम हाेईन निकै जटिल र चुनाैतिपुर्ण काम हाे तर जब हामी समाजसेवा गर्ने भनेर कुनै संस्थाकाे नेतृत्व गर्छाै तब यी सबै चुनाैतिहरुकाे सामना गर्दै हरेक पल कुनै न कुनै असल कर्म गर्दै अगाडि बढ्नुपर्दछ । यदि हामिमा याे दृढ ईच्छाशक्ति छैन भने कुनै संस्थाकाे नेतृत्व गर्ने लालच नदेखाउनु नै उचित हुन्छ ।

कसले के पद पायाे भन्नू भन्दा पनि कसले कस्ताे जिम्मेवारी पूरा गर्याे र कस्ताे कार्यसम्पादन गर्याे भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । त्यसैले पदकाे लागि हाेईन काम गर्नकाे लागि नेतृत्व लिदैछु भन्ने मानसिकताका साथ आउने व्यक्तिले नै कुशल नेतृत्व दिदै राम्रो कार्यसम्पादन गर्दछ ।

बाग्लुङ समाज पाेर्चुगलकाे बर्तमान कार्यसमितिले यस संस्थाकाे नविनतम यात्राकाे लागि गाेरेटाे खनेकाे छ । अब आउने नेतृत्व र उसकाे टिमले यहि गाेरेटकाे साहारा लिएर , सबैलाई समेट्दै सकरात्मक साेचका साथ अगाडि बढ्न सकेमा बाग्लुङ समाज पाेर्चुगलकाे भबिष्य उज्वल छ । यदि नयाँ आउने नेतृत्व र उसकाे टिम हामी केही राम्रो गर्छाै है भन्ने दृढ संकल्पका साथ अगाडि बढ्याे भने याे संस्थाले सबैकाे मन जित्न धेरै समय कुर्नुपर्दैन । पाेर्चुगलमा सबैलाई मिलाएर अगाडि बढ्ने हाे भने अन्य संस्थाहरुलाई भन्दा बाग्लुङ समाज पाेर्चुगल लाई कार्यसम्पादन गर्न निकै सहज छ । यहाँ रहेका बाग्लुङेहरुकाे अबस्था र परिवेश हेर्दा राम्रो काम गर्ने इच्छाशक्ति भएमा कुनै कुराकाे कमि हाेला जस्ताे लाग्दैन यस संस्थाकाे लागि । याे अब आउने नया कार्यसमितिकाे लागि एउटा फाइदा हाे ।

अन्तमा ,अब आउने बाग्लुङ समाज पाेर्चुगलकाे नेतृत्वले सबैलाई समेट्दै । मेराे हाेईन हाम्राे भन्ने चिन्तनका साथ र सकरात्मक साेचका साथ लगाडि बढ्ने दृढ संकल्पका साथ नया नेतृत्व नया टिमका साथ आआेस । बाग्लुङे मात्र नभएर पाेर्चुगलमा बस्ने समग्र नेपालीहरुकाे साझा र प्रिय संस्थाकाे रुपमा आफ्नाे छवि स्थापना गर्न सक्ने , हामी सबैले सहर्ष स्विकार्न सक्नै टिम आआेस । कसैले तैले गर है भनेकाे भरमा नभई मैले गर्छु है भन्दै अगाडि बढ्ने नेतृत्वको हातमा संस्था जाआेस। कुशल नेतृत्व र छाेटाे मिठाे टिमका साथ थप उत्साहका साथ नया समिति आआेस , उक्त टिम संग हामी सबैमिलेर हाेस्टेमा हैसे गर्दै , दुखपिडामा रहेका आम नेपालिहरुकाे पिडामा मलम लगाउन पाइयाे । एउटाले थुके थुक हजारौं ले थुके नदि । हामि सबैमा शुभकामनना ।

जय देश जय नेपाल

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.