Advertisement

तालिबानले अफगान सरकारी अधिकारीलाई ‘आम माफी’ दिने घोषणा, काममा फर्कन आग्रह

0 1,518

Advertisement

०१ भदौ, एजेन्सी । तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ ।

शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो ।

तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले अफगानिस्तानमा प्रशासनसम्बन्धी पहिलो भनाइ सार्वजनिक गर्दै कर्मचारीलाई आम माफी दिइने बताएका फ्रान्सेली टेलिभिजन, फ्रान्स–२४ ले उल्लेख गरेको छ ।

“पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ,” सामञ्जनीले माफी को घोषणा गर्दै भन्नुभयो । शरिया कानुन बमोजिम महिलालाई पनि सरकारमा सहभागी हुन दिइएको छ तर उहाँहरू शरिया कानुन अनुसार सरकारी संरचनामा रहनुपर्दछ ।

अफगानिस्तानको प्रमुख टिभी स्टेशन टोलो न्युजले उसको एक महिला कार्यक्रम सञ्चालिकाले मंगलबार तालिवानको सञ्चार समूहका सदस्य सामाङ्गिनीको अन्तरवार्ता प्रसारण गरेको थियो । उक्त कार्यक्रममा ती तालिवान सदस्यले सरकारको संरचना अझै पूर्ण रुपमा स्पष्ट नभएको तर अनुभवका आधारमा पूर्ण इस्लामिक नेतृत्व हुनुपर्ने र सबै पक्षलाई समाबेश गरिने बताएका थिए ।

तालिबानले अफगानिस्तानलाई कसरी शासन गर्ने भन्ने विषयमा घोषणाहरूमा स्पष्ट भएका छैनन् । तर साङ्केतिक रूपमा उनीहरूले इस्लामी “सिद्धान्त“ अनुसार हुनेछ ।

इस्लामी कानुन शारियको कठोर व्याख्या अनुसार शासन गर्ने तालिबानको अधीनमा महिलाहरू धेरै हदसम्म आफ्नो घरमा मात्र सीमित थिए । विद्रोहीहरूले हालैका वर्षहरूमा यसमा केही लचक बन्ने प्रयास गरेका भएपनि थुप्रै अफगानीहरू नै तालिवानले सत्ता सञ्चालनका क्रममा देखउनसक्ने शैलीप्रति शङ्का व्यक्त गरेका फ्रान्स–२४ टेलिभिजनले उल्लेख गरेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.