Advertisement

अफगानिस्तान: तालिबान लडाकुको सफलता विश्वकै सुरक्षाका लागि खतरा हुन सक्ने चेतावनी

0 909

Advertisement

१९ श्रावण, अफगानिस्तान । अफगान सेनाका एक जेनरलले सरकारी फौजहरूसँगको लडाइँमा तालिबान लडाकु समूह विजयी भए त्यसले विश्व शान्तिमा “भयावह” परिणाम निम्त्याउने चेतावनी दिएका छन्।

जेनरल सामी सदातले दक्षिणी हेलमन्ड प्रान्तमा तालिबान लडाकुविरुद्ध जारी लडाइँको नेतृत्व गरिरहेका छन्। हेलमन्डको राजधानी लश्कर गहमा भीषण सङ्घर्ष भइरहेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दिनमा त्यहाँ कम्तीमा दशजना नागरिकको ज्यान गएको छ।

तालिबान लडाकु समूहले लश्कर गहका धेरै जिल्लामाथि नियन्त्रण कायम गरेका छन्।

तर तालिबानले लश्कर गहमाथि नियन्त्रण गर्न नसक्नेमा आफू विश्वस्त रहेको जेनरल सदातको दाबी छ।

‘भयावह असर पर्न सक्छ’

सरकारी फौजहरूले केही भूभागमाथि नियन्त्रण गुमाएको भए पनि तालिबान समूहले लडाइँलाई जारी राख्न नसक्ने बीबीसीलाई बताए।

यद्यपि तालिबान समूहले अरू इस्लामवादी समूहबाट शक्ति एकत्रित गरिरहेको र त्यसले अफगानिस्तानबाहिर खतरा निम्त्याउन चेतावनी उनले दिए।

“यसले ससाना अतिवादी समूहमा युरोप र अमेरिकाका शहरहरूमा परिचालित हुनका लागि आशा बढाउनेछ र विश्वकै सुरक्षामाथि भयावह असर पर्न सक्छ,” उनले भने।

“यो एउटा अफगानिस्तानको युद्ध होइन, यो उदार र सर्वसत्तावादविरुद्धको एउटा लडाइँ हो।

‘म यो पीडासँग बाँच्न सक्दिन। म पनि मरेको भए हुन्थ्यो।’

हेलमन्डमा तालिबान समूहको आक्रमण अफगानिस्तानभरि उसले गरेको आक्रमणको एउटा हिस्सा हो।

बीस वर्षदेखिको सैन्य अभियान अन्त्य गर्दै अमेरिकी फौज फिर्ता भएपछि तालिबान समूहले पछिल्ला महिनाहरूमा तीव्र रूपमा नियन्त्रण बढाउँदै लगेको छ।

हेलमन्ड प्रान्त ब्रिटिश र अमेरिकी सैन्य अभियानको केन्द्रमा थियो र त्यहाँ तालिबानले पाउने सफलता अफगान सरकारका लागि एउटा धक्का हुनेछ।

सरकारी फौजले लश्कर गहमाथिको नियन्त्रण गुमाएमा सन् २०१६ यता तालिबान समूहले प्रान्तीय राजधानीमाथि कब्जा गरेको पहिलो घटना हुनेछ।

‘सडकहरूमा शव’

लडाकुहरूबाट भइरहेका भीषण आक्रमणका कारण आफूहरू त्रासमा बाँचिरहेको लश्कर गहका बासिन्दाले बताएका छन्।

त्यहाँ आक्रमण गरिरहेका लडाकुहरूलाई अमेरिकी र अफगान फौजले हवाई हमलाको निशाना बनाइरहेका छन्।

“न त तालिबानले हामीमाथि दया गर्नेछन् न त सरकारले नै बमबारी रोक्नेछ। सडकहरूमा शव छन्। हामीलाई थाहा छैन ती शव सर्वसाधारणका हुन् कि तालिबान लडाकुको,” एक स्थानीय बासिन्दाले बीबीसीसँग भने।

अर्काले भनेः “मलाई थाहा छैन कि भागेर कहाँ जाऊँ, शहरका हरेक ठाउँमा भिडन्त भइरहेका छन्।”

आममानिसहरूले लडाइँको “दुष्प्रभाव झेलिरहेको” अफगानिस्तास्थित राष्ट्रसङ्घीय मिसन यूनामाले जनाएको छ।

सर्वसाधारणको सुरक्षाका निम्ति थप कदम चाल्न उसले दुवै पक्षलाई आग्रह गरेको छ।

यूनामाका अनुसार मृत्युका घटनाबाहेक थुप्रै मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्।

अन्यत्र के भइरहेको छ?

आक्रमण झेलिरहेका चीनवटा प्रान्तीय राजधानीमध्ये लश्कर गह एउटा हो।

आइतवार विमानस्थलमाथि रकेट हमला गरिएको अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दहारमाथि नियन्त्रण कायम गर्ने लडाकुहरूको प्रयासबीच त्यहाँ लडाइँ जारी छ।

कान्दहारमाथि नियन्त्रण कायम गर्न सके तालिबान समूहका लागि त्यो ठूलो सफलता हुनेछ। त्यसबाट उनीहरूले देशको दक्षिणमा पकड कायम गर्न पाउनेछन्।

यूनामाका अनुसार लडाइँका कारण विगत तीन दिनमा पाँचजना नागरिकले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन्।

अफगानिस्तान

घेराबन्दीमा पारिएको तेस्रो शहर हेरातमा सरकारी फौजहरू लडाकुहरूसँग सङ्घर्षरत छन्।

गत शुक्रवार संयुक्त राष्ट्रसङ्घको एउटा हातामाथि आक्रमण गरिएको घटनापछि सरकारी फौजहरूले हेरातका केही क्षेत्रमा पुनः नियन्त्रण गरेका छन्।

सामाजिक सञ्जालमा शेअर गरिएका भिडिओहरूमा हेरातका सडक तथा छतहरूमा मानिसहरूले सरकारी सफलताको पक्षमा नाराबाजी गर्दै “अल्लाहु अकबर अर्थात्‌ ईश्वर महान् छन्” भनिरहेको सुनिन्छ।

तालिबान समूहको सफलतालाई रोक्न सरकारी फौज सङ्घर्षरत रहेका बेला अफगान राष्ट्रपति अशरफ गनीले अमेरिकी फौजको अचानक फिर्तीले लडाइँ चर्केको आरोप लगाएका छन्।

“हाम्रो अहिलेको अवस्थाका लागि अचानक लिइएको निर्णय जिम्मेवार छ,” सोमवार उनले संसद्‌मा भने।

सैनिक फिर्तीले निम्त्याउने परिणामबारे आफूले वाशिङ्गटनलाई पहिल्यै सचेत गराएको उनले बताए।

पाकिस्तानी सीमानजिक नियन्त्रणमा लिएको एउटा शहरमा तालिबान समूहले “आमनागरिकको नरसंहार” गरी युद्ध अपराध गरिरहेको अमेरिका र यूकेले आरोप लगाएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.